
Bsn
Tgp
Ssb
jsb
Fmb
Ksb
Ksb
Gsb
Ppu
Csb
Nsb
Rks
Ssb
Usb
Rsb
Ksb

Ssb
Gsb
Hl1
Tsb
Usb

Nps
Rgu
ptl
दाङ । दाङ महिला जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह–२०२२’ उपलव्धीमुलक भएको सहभागीहरुले निष्कर्ष निकालेका छन् ।
जेसीज सप्ताह अन्तर्गत शनिबार समापनका अवसरमा धार्मिक एवं पर्यटकीय स्थल अम्विकेश्वरी मन्दिरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले सप्ताहव्यापी कार्यक्रमले सचेतनादेखि महिलाहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउनका लागि महत्वपूर्ण योगदान दिएको बताउनुभएकाे हाे।
दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तीको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी वक्ताहरुले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएकाले समाजमा परिवर्तनका लागि सकारात्मक सन्देश दिने बताउनुभयाे ।
कार्यक्रममा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतम, नेपाल महिला सामुदायिक सेवा केन्द्रकी संस्थापक अध्यक्ष बिमला योगी, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावत, नारायणपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष रेखा केसी, नयाँ पाइला पुनःस्थापना केन्द्रका अध्यक्ष सुरेश भुसाल, नर्सिङ संघ दाङका लक्ष्मी ढकाल, सामुदायिक वन महासंघ दाङका सचिव जानका केसी, दाङ उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी,नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमलगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
उपाध्यक्ष मिना भण्डारी वलीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको बारेमा मुल समिति संयोजक बसन्ती सुवेदीले जानकारी गराउनुभएकाे थियाे । जेसीज आस्थापाठ रोजिना गिरीले गराउनुभएकाे कार्यक्रममा मिसनभिजनका बारेमा मेनका भण्डारीले जानकारी गराउनुभएकाे थियाे ।
कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएकाे थियाे । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेसीजले विभिन्न रचनात्मक तथा सचेतनात्मक कार्यक्रमहरु गरेको थियो ।
