
Gsl
nsm
Pbu
Ssbus
ssbus
Sssbus1
Ssbus
tssbus
Ssbus
Sssbus1

Ggd
Wsp
Tsm
Rgu
Asm
Sbs
Ssm
Ksm
Pvg
Rgs
Sls
Vor
Rsb
Gst
Rgu
Bbu
nsb
Hal
Bbbpu

Rmb
Bml
sab
Abd
bbt
Gsb
Syp
Ptm
Mks
Pls
Rpp
Jmb
Jmb
दाङ । राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघ प्रालिको प्रथम साधारणसभा, अधिवेशन एवं भवन उद्घाटन कार्यक्रम गरेको छ ।
प्रालिका अध्यक्ष धुर्वराज श्रेष्ठ भारीको अध्यक्षता एवं लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष राममणी पाण्डेको विशिष्ठ आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राज्यमन्त्री श्रेष्ठले सुगम क्षेत्रसँगै दुर्गम क्षेत्रमा पनि विभिन्न कठिनाइ भोग्दै विभिन्न सामाग्री डेलिभरी गरि सेवाग्राहीलाई सहज बनाउने काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले व्यवसायीहरुको हक हितको संरक्षण र सम्बद्र्धन गर्दै स्थानिय आर्थिक सामाजिक विकासमा प्रालीले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । दाङका विभिन्न बजारी क्षेत्रमा बाटो जिर्ण भएको बताउदै राजनितीक दलले आफ्नो तर्फबाट सडक सुधारको प्रयास गरिरहेको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथी राममणी पाण्डेले जिल्लाको समग्र आर्थिक समाजिक विकासका लागि राप्ती अञ्चल डेलिभरी सेवाले अहम भुमिका निर्वाह गर्न सफल भएको बताउनुभयो । समयको मागसँगै दिनप्रतिदिन व्यवसायीहरुको संख्या बढ्दै गईरहेकाले स्थानिय सरकारसँग समन्वय गर्दै अघि बढ्न सुझाव दिनुभयो ।
साधारण सभामा अध्यक्षको प्रतिवेदन अध्यक्ष भारी, सचिवको प्रतिवेदन सचिव भरतराज श्रेष्ठ र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष टंकसिंह बुढाथोकीले प्र्रस्तुत गर्नुभएको हो । सधारण सभाकै विचमा घोराही १४ अटोभिलेज क्षेत्रमा आफ्नै जग्गामा बनाईएको एक तले पक्की भवनको उद्घाटन गरिएको हो ।
यस्तै प्रालिले अधिवेशनका अवसरमा पत्रकार नारायन खड्का, निशानदाजु भट्टराई र प्रिया स्मृति गजमेरलाई सम्मान एवं पुरस्कृत गरिएको हो । यस्तै विपन्न तथा जेहेन्दार विद्यार्थि दुई समा चौधरी र विशाल पाण्डे सम्मान एवं पुरस्कृत गरिएको हो ।
प्रवन्ध निर्देशक खड्ग बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायन भुषाल,वरिष्ठ उपाध्यक्ष नरेश कार्की,ट्राफिक प्रहरी कार्यालय दाङका झविन्द्र परियार,संस्थापक अध्यक्ष रामदयाल गुप्ता,राप्ती अंचल लिकर्स एशोसियशन दामोदर बुढाथोकीलगाएतले बोल्नु भएको थियो ।
अहिले प्रालिको बन्द सत्र जारी रहेको छ । बन्द सत्रले अध्यक्षमा पुन:ध्रुवराज श्रेष्ठ भारीलाई चयन गर्ने निर्णय गरेपनि अन्य पदाधिकारीमा टुंगो लगाउन बाकी रहेको जनाईएको छ ।
