Sidha Patra शनिबार, आषाढ ११, २०७९

दाङ । राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि कुल ५३ करोड २० लाख ७१ हजार बजेट प्रस्तुत भएको छ ।

शुक्रबार उपाध्यक्ष धनपती यादवले गाउँसभाको बैठकमा चालुतर्फ ३३ करोड ६० लाख ३१ हजार र पूँजिगततर्फ १९ करोड ६० लाख ४० हजार सार्वजनिक गर्नु भएको हो ।संघीय राजस्व बाँडफातबाट प्राप्त ११ करोड, ६५ लाख ३ हजार, संघीय समानीकरण अनुदान तर्फबाट १० करोड, ७८ लाख, संघीय सशर्त अनुदानबाट १९ करोड ४० लाख, प्रदेश बाँडफातबाट १ करोड २८ लाख ९३ हजार, प्रदेश समानीकरण अनुदान ५८ लाख ७५ हजार, प्रदेश सशर्त अनुदान १ करोड ४० लाख,प्रदेश समपुरक अनुदान १ करोड ५० लाख, गाउँपालिकाको आन्तरिक स्रोत ३ करोड ६० लाख, जिल्ला समन्वय समिति दाङबाट प्राप्त हुने ३ करोड गरि कुल त्रिपन्न करोड,बीस लाख,एकहक्तर हजार बजेट ल्याइएको छ ।

यसैगरी यस वर्षको वार्षिक नीति तथा कार्यक्रममा कृषि,शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर बजेट सभामा पेश भएको हो ।

त्यस्तै सो एघारौं सभाबाट राजपुर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ दुलैयामा तोकिएको छ भने गाउँपालिकाको नाउँ राजपुर-बेला नामाकरण गरिएको छ । यसैगरी पन्ध्र सैयाको अस्पताल वडा नम्बर ६ को गंगदीमा राख्ने भनि सभाको बहुमतद्वारा निर्णय पारित गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]