
Ssbus
nsm
tssbus
Ssbus
Gsl
Sssbus1
Sssbus1
Ssbus
Pbu
ssbus

Bbu
Rgs
Asm
Sbs
Hal
Sls
Tsm
Wsp
Ksm
Rgu
Vor
Pvg
nsb
Bbbpu
Rsb
Ssm
Gst
Rgu
Ggd

Rmb
Ptm
Abd
Syp
Jmb
bbt
Jmb
sab
Gsb
Mks
Pls
Rpp
Bml
दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।
उक्त बजेटको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक आयव्ययबाट ३२ करोड, संघीय वित्तिय समानिकरण अनुदानबाट ३५ करोड ९५ लाख, संघीय राजस्व बाँडफाँडबाट २५ करोड ७६ लाख ५८ हजार, संघीय रोयल्टी बाँडफाँडबाट ७ लाख, संघीय सशर्त अनुदानबाट ७१ करोड २ लाख जुटाउने उपमहानगरले जनाएको छ ।
त्यस्तै संघीय समपुरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट २ करोड बेहोरिने उपप्रमुख डिसीले बताउनुुभयो । डिसीका अनुसार प्रदेश समपुरक अनुदानबाट ३ करोड र प्रदेश विशेष अनुदानबाट ८० लाख खर्च बेहोरिने छ ।
यसबाट अपुग हुने रकम ५३ करोड ५८ लाख र गत आर्थिक वर्षको बैंक मौजदातबाट बेहोरिने उल्लेख छ । गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १२ करोड बजेट बढेको छ ।
