
Rsb
Usb
Ssb
Ksb
Tgp
Ppu
Ksb
Fmb
Csb
Bsn
Ksb
Ssb
jsb
Gsb
Nsb
Rks

Usb
Hl1
Ssb
Tsb
Gsb

ptl
Nps
Rgu
अर्घाखाँची। जिल्लाको मालारानी गाउँपालिकामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मालारानी गाउँपालिका वडा नम्बर–२, डाँडाकटेरी निवासी कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दिउँसोको समयमा भुसालले श्रीमतीलाई ललाईफकाई शाहीटोल जंगलमा घाँस काट्न लगेको र एक्लै भएको मौका छोपी गम्छाले घाँटी थिंचेर हत्या गरेको प्रहरी कार्यालयका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
श्रीमतीको हत्या गरी सेउलाले ढाकेर उनी ईलाका प्रहरी कार्यालय थानामा आत्मसमर्पण गर्न पुगेका थिए । भुसाललाई पक्राउ गरिएको र हत्या कारण बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
