
Ppu
Nsb
Ksb
jsb
Bsn
Gsb
Rks
Fmb
Ksb
Rsb
Ksb
Csb
Tgp
Usb
Ssb
Ssb

Ssb
Hl1
Tsb
Gsb
Usb

ptl
Rgu
Nps
दाङ । महिला जेसीजले जेसीज सप्ताह २०२२ काे पाचौं दिन आज सवारी चालक र यात्रुहरुलाई ट्राफिक सचेतना प्रदान गरेकाे छ।
जेसीजकी अध्यक्ष शारदा घर्तीकाे अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि ट्राफिक सचेतना प्रदान गरिएको हाे ।
ट्राफिक सचेतना कार्यक्रमकाे प्रशिक्षणका रुपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियार रहनुभएकाे थियाे । उहाँले बढ्दाे शहरीकरणसँगै सवारी दुर्घटना बढि रहेकाले मानवीय तथा भाैतिक क्षति कम गर्न र सभ्य समाज निर्माणका लागि ट्राफिक सचेतना अति आवश्यक रहेकाे बताउनुभयो । जसका लागि सडक अनुशासन पालना पहिलाे प्राथमिकतामा राख्न सवारी चालक र यात्रुहरुलाई अनुराेध गर्नुभयो ।
त्यस्तै निर्माणाधीन सडकका कारण दुर्घटनाको जाेखिम धेरै बढेकाले अमुल्य मानव जीवन बचाउन ट्राफिक नियम पालना मेराे लागि हाे भन्ने साेँचलाई व्यवहारमा उतार्न ढिलाई गर्न नहुने बताउनुभयो । उहाँले पैदल यात्रु दायाँ लेनबाट हिड्नुपर्ने,सवारी चालकले सडककाे अवस्था,सवारी साधनमा यात्रुकाे चाप, समय सबै ख्याल गरेर सवारी चलाउनु पर्नेलगायत कुरामा विशेष ख्याल गर्न आग्रह गर्नुभयो । जीवन रहेमात्रै घर परिवार आफन्त छन्,जीवननै नरहे सबै सकिन्छ भन्ने गहन साेँच राखेर आफु र अरुलाई बचाउँदै गन्तव्यमा पुग्न सबैले ट्राफिक नियम पालनामा ध्यान दिनु सहभागीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक रिजालले नियम सबै क्षेत्रमा अपरिहार्य भएकाले याे अरुका लागि नभई आफ्नाे लागि हाे भनेर बुझ्न आवश्यक रहेको बताउनुभयो । बढ्दाे सवारी चापमा दुर्घटना स्वाभाविक रुपमा बढिरहेकाले सडक संस्कार स्थापित गर्न सबै पक्ष गम्भीर बन्नु पर्ने बेला आएकाे बताउनुभयाे । एक सेकेन्डकाे कमजोरी वा लापरबाहीले अनाहकमा जनधनको क्षति हुने गरेको उदाहरण दिँदै ट्राफिक प्रहरीका लागि नियम मान्नुपर्छ भन्ने मान्यताले जनधनको क्षति बढेकाे उल्लेख गर्नुभयो ।
उहाँले सवारीसाधनकाे स्टेरिङ समात्दा सबैभन्दा पहिले परिवार र आफन्त सम्झेर सवारी चलाउन अपिल गर्नुभयो । मानिसलाई सचेतसँगै जिम्मेवार बनाउन यसप्रकारका सचेतनामुलक कार्यक्रम निरन्तर हुनुपर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा अटाे चालक रत्नबहादुर पुनले सबै पक्षबाट ट्राफिक नियम पालना हुन नसक्दा समस्या बढेकाे अनुभव सुनाउनुभयो । जनचेतनाकाे कमि व्यापक मात्रै हाेईन,जाने बुझेकाले पनि सडक अनुशासन पालनामा लापरबाही गर्ने गरेकाे बताउनुभयो ।
कार्यक्रममा त्रिभुवननगर जेसीजका कार्यवाहक अध्यक्ष महेश गुप्ता,दाङ महिला जेसीजकी पूर्व अध्यक्ष ममता बिष्टलगायतले बाेल्नुभएकाे थियाे । ६० जना भन्दा बढी सहभागी कार्यक्रममा जेसीज सप्ताहकी मुल संयाेजक बसन्ती सुवेदीले प्रकाश पार्नुभएकाे थियाे ।
स्वागत दीपा पुन कार्यक्रम संयाेजक दीपा पुनकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा आस्था पाठ सहसचिव संगिता राेकायले गराउनुभएकाे थियाे । कार्यक्रमकाे सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नुभएको थियाे । जेसीज सप्ताह अन्तर्गत पहिलाे दिन उद्घाटनसँगै संस्थाकाे बारेमा विमर्श भएको थियाे ।
त्यस्तै दाेश्राे दिन सर्फ बनाउने तालिम,तेश्राे दिन रक्तदान,चाैथाे दिन घाेराही १७ चाैघरास्थित वैदिक गुरुकुलमा रहेका बालबालिकालाई सहयाेग,आज ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । अब भाेलि छैठौं दिन घाेराही १५ भरतपुर खेलमैदानमा स्लाे स्कुटी रेस र अन्तिम दिन पर्सि अम्बिकेश्वरी मन्दिर सरसफाइसँगै जेसीज सप्ताह समापन कार्यक्रम रहेकाे छ ।
