
nsm
tssbus
Sssbus1
Ssbus
Pbu
Gsl
Sssbus1
Ssbus
ssbus
Ssbus

Sls
Tsm
Ggd
Vor
Rgs
Rgu
Ssm
Pvg
Bbbpu
Ksm
Gst
Rsb
Bbu
nsb
Rgu
Sbs
Hal
Asm
Wsp

Jmb
Syp
Gsb
Pls
bbt
Rmb
sab
Mks
Bml
Rpp
Jmb
Abd
Ptm
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा रहेको बताउनु भएका छ ।
सोमबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढाउनु पर्ने बाध्यता रहेको स्पष्टीकरण दिनु भयो ।
त्यस्तै उहाँले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले विदेशबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको बताउनु भयो । ‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन । बाहिरको बजारमा जे रेट छ त्यसैमा किनेर ल्याउने हो । किनेर ल्याएका रेटमा बेच्न सक्दैनौं । अझै पनि पेट्रोलमा ३१ रुपैयाँ घाटा भइरहेको अवस्था हो’ मन्त्री बडुले भन्नु भयो ।
अहिले प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको छ । पेट्रोलियम पदार्थ खरिद गरे बापत भारतलाई २२ अर्ब रुपैया तिर्नुपर्ने अवस्था छ । यो महिनाभित्र तिर्नुपर्छ । सरकारले मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ ।’मन्त्री बडूले इन्धनमा लिँदै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर घटाएर मूल्य कम गरेको दावी गर्नु भयो । उहाँले कर घटाएर सस्तोमा पेट्रोलियम पदार्थ दिने प्रयास गरे पनि तत्काल प्रतिलिटर १० रुपैयाँ भन्दा कर घटाउन सक्ने अवस्था नरहेको पनि जिकिर गर्नु भयो ।
यस्तै मन्त्री बडूले पेट्रोल र डिजेलमा मूल्य बढाए पनि ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यासको मूल्य नबढाएको बताउनु भयो ।
