
Ssb
Ppu
Bsn
Ssb
Gsb
jsb
Rks
Ksb
Fmb
Tgp
Rsb
Usb
Ksb
Ksb
Csb
Nsb

Hl1
Ssb
Tsb
Gsb
Usb

ptl
Nps
Rgu
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहलमा कृष्णनगर नगरपालिकाको आयोजन तथा UK aid, USAID, हाम्रो सम्मान परियोजना, माइती नेपाल लगायतको सहयोगमा मानव बेचबिखनबाट पीडित तथा प्रभावित हरूको सहयोगका लागि बार्षिक सार्वजनिक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह,अतिथि हरूमा नगर उप प्रमुख आरती देवी चौधरी,कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल,शिक्षा शाखा प्रमुख बलराम पन्थी,महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत रहनुभयो । हाम्रो सम्मान परियोजनाका लालबाबु कुशहवाले कार्यक्रमको बारेमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले मानव बेचबिखन आफैमा लजास्पद घटना रहेको बताउदै प्रभावित महिलाहरूको संरक्षण गर्न नगरपालिका बाट हुने हरेक सम्भव प्रयास गरिने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकालले उपस्थित सबैमा धन्यवाद दिदै नगरपालिका बाट प्रभावित महिला हरुका लागि आय आर्जनका लागि विभिन्न सिपमूलक कार्यक्रम संचालन गरिने बताए । माइती नेपालका रूपन्देही र कपिलवस्तु जिल्ला संयोजक माया क्षेत्रीले कार्यक्रममा स्वागत मन्तव्य साथ साथै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डे,कृष्णनगर नगरपालिका प्रशासन शाखा प्रमुख राजेश मिश्र,विभिन्न संघ संस्थाका व्यक्ति,समाजसेवी,पत्रकार लगायतको उपस्थित रहेको थियोl कार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयो ।
