
Fmb
Bsn
Rks
Tgp
Csb
Gsb
Usb
jsb
Ppu
Ksb
Ksb
Ssb
Ksb
Nsb
Ssb
Rsb

Ssb
Tsb
Usb
Gsb
Hl1

Nps
ptl
Rgu
कपिलवस्तु । नेपाल-भारत सिमामा रहेका संरक्षित जंगल फडानीमा तस्करहरु सक्रिय हुंदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासाे देखाएका छैन्न ।
नेपाल को कपिलवस्तु र भारतकाे बलरामपुर जिल्लामा फैलिएकाे सुहेलवा बन्यजीव अभ्यारणय संरक्षित जंगलकाे भाभर रेन्ज क्षेत्रबाट टीक र कालाेशिशमकाे तस्कारी केही दिनदेखि व्यापक रुपमा हुँदै आएकाे छ ।
जंगलबाट राति तस्करहरु काठका गाेलिया भारत तिरकाे पिपरा परसुरामपुर घाट र नरायनापुर गेडुवजोत घाट हुँदै वारिका मानपुर, नरायनापुर गाउंका काष्ठ उद्योगहरु सम्म पुर्याउछन । विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि प्रहरी र ठाकुरापुर बन रेन्ज पाेष्टले कुनै सक्रियता नदेखाएकाले सेटिङ्गमा नै काठ तस्करी भईरहेकाे स्पष्ट छ ।
तस्करहरु बेलुकी काठका गुलिया जंगलबाट ल्याई बार्डरका गाउं वरपरका बगैचा र परालमा लुकाई राख्ने गर्छन । राति ८ देखि ४ बजेभित्र नजिकका काठ उद्योगमा पुर्याइ माेटाे रकम कमाउने गरेकाे स्राेतले बताएकाे छ ।
काठ तस्करीबारे सुरक्षा निकायपनि अनभिज्ञ छैन्न कृष्णनगर इप्रका , गणेशपुर इप्रका र क्षेत्र भित्रै अवैधरुपमा काठ भित्रिनु भनेकाे दुई देसबीचमा भएकाे बन्यजन्तु संरक्षण सम्बन्धि सान्धि सम्क्षाैता विपरित कार्य हाे साथै जानि जानि वन्यजीव संरक्षित जंगललाई मास्न पल्केका तस्करहरुमाथि नाकेल कस्न नसकेकाे सेक्टर बन र प्रहरी कार्यालय ठाकुरापुरकाे पनि मिलिमताे रहेकाे प्रस्ट छ । राति तस्करहरुले परसुरामपुर घाट नजिकै लुकाएर राखेका छ ।
