Sidha Patra बिहिबार, जेठ २६, २०७९

कपिलवस्तु । शिवराज नगरपालीका वडा नम्बर ५ चन्द्रौटा बजार भएको अव्यवस्थीत पार्किङलाई दिर्घकालीन समाधानको लागी नगरप्रमुख अजय थापा समक्ष ज्ञापन पत्र वुझाईएको छ ।

चन्द्रौटामा विभिन्न व्यवसायमा आवद्ध युवाहरुको समुहले नगर प्रमुख थापाको कार्यकक्षमा पुगेर पार्किङको समस्या समाधान गर्न माग गरेका छन । युवा व्यवसायीहरु विशालकुमार गुप्ता र अमर पौडेल लगाएतको नेतृत्वमा गएको टोलीले वजार क्षेत्रमा व्यपारीहरुको पशल अगाडी जथाभावी पार्किङले व्यवसायमा घाटा पुराएको गुनासो गरेका छन् ।

युवाद्वारा नगरप्रमुख थापालाई वुझाईएको ज्ञापन पत्रमा अव्यवस्थीत रुपमा गरिएको पार्किङले पैदल तथा साईकल यात्रीहरुलाई दुर्घटनाको जोखीम वढाउनुको साथै व्यवसायमा समेत असर गरेको विज्ञप्तीमा भनिएको छ ।

सावारी साधनहरुको उचीत व्यवस्थापन गर्दै स्थायी रुपमा पार्किङको व्यस्थापन गर्न माग गरिएको युवा व्यवसायी विशालकुमार गुप्ताले वताउनुभएको छ । ज्ञापन पत्र वुझदै व्यवसायीहरुको मागको पक्षमा आफुपनि रहेको नगर प्रमुख थापाले आश्वास्त पार्नुभएको छ ।

त्यस्तै उहाँले यातायातका विभिन्न निकायसंग आफुले वर्ता गरिरहेको वताउदैं ठांउको पहिचान गरी तत्काल समस्या समाधान गर्ने पनि वताउनुभएको छ । विभिन्न चरणमा वस,अटो रिक्सा र ट्रकको पार्किङ स्थलको व्यवस्थापन गर्नेमा आफुहरुको तयारी समेत रहेको वताउनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]