
Pbu
Gsl
Ssbus
ssbus
nsm
Sssbus1
Ssbus
Ssbus
tssbus
Sssbus1

Bbbpu
Rgu
Bbu
Hal
Rgu
Sbs
Gst
Tsm
Ksm
nsb
Ggd
Sls
Ssm
Asm
Rgs
Pvg
Rsb
Wsp
Vor

Ptm
Jmb
bbt
Pls
Rpp
sab
Bml
Jmb
Abd
Gsb
Mks
Rmb
Syp
दाङ । सरकारले दाङका दशवटा स्थानीय तहलाई ५ अर्ब बढी बजेट अनुदान दिएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत विभिन्न शीर्षकमा ५ अर्ब दुई करोड ५ लाख अनुदान पठाएको हो ।
दाङले चालुतर्फ ४ अर्ब २७ करोड ५२ लाख र पूँजीगततर्फ ७४ करोड ५३ लाख प्राप्त गरेको छ । दाङमा समानीकरण अनुदानअन्तर्गत न्यूनतम अनुदान ४४ करोड २५ लाख, सूत्रमा आधारित अनुदानतर्फ १ अर्ब १९ करोड ६१ लाख, कार्य सम्पादनमा आधारित अनुदान ५ करोड ९ लाख गरेर कुल १ अर्ब ६८ करोड ९५ लाख अनुदान आएको छ । त्यसैगरी सशर्त अनुदानतर्फ दाङमा चालु बजेटमा २ अर्ब ५७ करोड ५७ लाख, पूँजीगततर्फ ५५ करोड ३३ लाख गरी जम्मा ३ अर्ब १२ करोड ९० लाख अनुदान प्राप्त गरेको छ । त्यस्तै दाङ जिल्लाले विशेष अनुदानतर्फ चालुमा १ करोड र पूँजीगततर्फ ११ करोड ८० लाख गरी जम्मा १२ करोड ८० लाख अनुदान प्राप्त गरेको हो । त्यसैगरी समपूरक अनुदानतर्फ दाङले ७ करोड ४० लाख प्राप्त गरेको छ ।
समानीकरण अनुदानतर्फ
घोराही उपमहानगरपालिकामा ८ करोड ७५ लाख, तुलसीपुर उपमहानगरपालिकामा ८ करोड २५ लाख, लमही नगरपालिकामा ३ करोड ७५ लाख, गढवा गाउँपालिकामा ३ करोड ५० लाख, दंगीशरण गाउँपालिकामा ३ करोड २५ लाख, बंगलाचुली गाउँपालिकामा ३ करोड २५ लाख, बबई गाउँपालिकामा ३ करोड २५ लाख, राजपुर गाउँपालिकामा ३ करोड २५ लाख, राप्ती गाउँपालिकामा ३ करोड ७५ लाख र शान्तिनगर गाउँपालिकामा ३ करोड ७५ लाख अनुदान आएको छ ।
सूत्रमा आधारित अनुदानतर्फ
घोराही उपमहानगरपालिकाले २६ करोड ६७ लाख, तुलसीपुर उपमहानगरपालिकाले २४ करोड ८१ लाख, लमही नगरपालिकाले ११ करोड ७० लाख, गढवा गाउँपालिकाले ९ करोड २५ लाख, दंगीशरण गाउँपालिकाले ६ करोड ७२ लाख, बंगलाचुली गाउँपालिकाले ६ करोड ९० लाख, बबई गाउँपालिकाले ७ करोड २५ लाख, राजपुर गाउँपालिकाले ७ करोड १३ लाख, राप्ती गाउँपालिकाले १० करोड ५३ लाख र शान्तिनगर गाउँपालिकाले ७ करोड ४५ लाख अनुदान पाएका छन् ।
कार्यसम्पादनमा आधारित अनुदानतर्फ
घोराही उपमहानगरपालिकाले ५३ लाख, तुलसीपुर उपमहानगरपालिकाले ५६ लाख, लमही नगरपालिकाले ४५ लाख, गढवा गाउँपालिकाले ४२ लाख, दंगीशरण गाउँपालिकाले ५२ लाख, बंगलाचुली गाउँपालिकाले ४७ लाख, बबई गाउँपालिकाले ५१ लाख, राजपुर गाउँपालिकाले ४० लाख, राप्ती गाउँपालिकाले ६२ लाख र शान्तिनगर गाउँपालिकाले ६१ लाख अनुदान पाएका छन् ।
सशर्त अनुदानतर्फ चालु बजेटमा
घोराही उपमहानगरपालिकाले ६२ करोड ७२ लाख, तुलसीपुर उपमहानगरपालिकाले ५६ करोड २८ लाख, लमही नगरपालिकाले २१ करोड १४ लाख, गढवा गाउँपालिकाले १९ करोड ४१ लाख, दंगीशरण गाउँपालिकाले १२ करोड ८५ लाख, बंगलाचुली गाउँपालिकाले १८ करोड ५२ लाख, बबई गाउँपालिकाले १६ करोड ७ लाख, राजपुर गाउँपालिकाले १५ करोड १४ लाख, राप्ती गाउँपालिकाले १८ करोड २४ लाख र शान्तिनगर गाउँपालिकाले १६ करोड २० लाख अनुदान पाएका छन् ।
पूँजीगततर्फ
घोराही उपमहानगरपालिकाले ७ करोड ३० लाख, तुलसीपुर उपमहानगरपालिकाले ६ करोड ६३ लाख, लमही नगरपालिकाले १६ करोड ९१ लाख, गढवा गाउँपालिकाले २ करोड ६७ लाख, दंगीशरण गाउँपालिकाले ४ करोड ३७ लाख, बंगलाचुली गाउँपालिकाले ३ करोड ४५ लाख, बबई गाउँपालिकाले २ करोड ३९ लाख, राजपुर गाउँपालिकाले ४ करोड २६ लाख,राप्ती गाउँपालिकाले ४ करोड ८१ लाख र शान्तिनगर गाउँपालिकाले २ करोड ५४ लाख अनुदान पाएका छन् ।
विशेष अनुदानतर्फ चालु बजेटमा
बबई गाउँपालिकाले १ करोड अनुदान पाएको छ भने पूँजीगत प्रकृतितर्फ घोराही उपमहानगरपालिकाले २ करोड, तुलसीपुर उपमहानगरपालिकाले १ करोड ३० लाख, लमही नगरपालिकाले ३ करोड,गढवा गाउँपालिकाले २ करोड, बंगलाचुली गाउँपालिकाले १ करोड ५० लाख, राप्ती गाउँपालिकाले १ करोड र शान्तिनगर गाउँपालिकाले १ करोड अनुदान पाएका छन् । त्यस्तै समपूरक अनुदान (पूँजीगत प्रकृति) तर्फ घोराही उपमहानगरपालिका १ करोड, तुलसीपुर उपमहानगरपालिका १ करोड ६० लाख, लमही नगरपालिका २ करोड, बंगलाचुली गाउँपालिका ९० लाख, राप्ती गाउँपालिका ५० लाख, शान्तिनगर गाउँपालिका १ करोड ४० लाख अनुदान पाएका छन् ।
