
Mbdvs
mbd
Gmk
Gisld
Ksm
Pbu
Rbs
Sds
Anm

Ggd
Rgu
Ksm
Sls
Sbs
Hal
Vor
Asm
Rgs
Wsp
nsb
Rsb
Rgu
Tsm
Ssm
Pvg
Gst
Bbbpu
Bbu

Pls
Gsb
Ptm
Rpp
Mks
Rmb
bbt
Jmb
sab
Jmb
Bml
Abd
Syp
दाङ।देउखुरीमा स्कारपियोको ठक्करबाट शनिबार घाइते भएका गाउँ अगुवा र बालकको उपचारका क्रममा मृत्यु भएको छ । लमही- भालुवाङ महेन्द्र राजमार्ग सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीचोकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका पाैने ७ बजे बाटो काट्ने क्रममा ठक्कर दिदा पिपरीका करिव ५० वर्षिय गाउँ अगुवा राजकुमार चाैधरी र सोही गाउँका रेमलाल चाैधरीका ८ वर्षका छोरा निसान चाैधरी गम्भीर घाइते भएका थिए ।
घाइते मध्ये गाउँ अगुवा राजकुमार चाैधरीको कोहलपुरमा उपचारका क्रममा गएराती निधन भएको थियो भने अर्का ८ वर्षका बालक निसान चाैधरीको बुटवलमा उपचारकै क्रममा रातीनै निधन भएको प्रहरी चाैकी सिसहनियाँले जानकारी दिएको छ। अन्य ३ जना घाइतेहरूको बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते हुनेहरूमा राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षका बालक सृष्टि गुरूङ,२२ वर्षकी अामा गाैरी चाैधरी र २ वर्षकी छोरी लक्ष्मी चाैधरी रहेका छन्। प्रत्यक्षदर्शीका अनुसार गाडी चालकले मादकपदार्थ सेवन गरि करिव १०० को स्पिडमा कुदाएकोले सो दुर्घटना भएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार मृतक गाउँ अगुवा चाैधरीलाई सडकबाट घिसारेर नालामा पुर्याएको थियोे । नालाबाट स्थानीयले घाइते लाई निकालेर अस्पताल पुर्याएका थिए ।ठक्कर दिने गाडी नालामा पल्टिएको छ । भने चालकलाई प्रहरी चाैकी सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएको छ । घटना पछि स्थानीयले गरेको सडक अवरोध भने राति १२:३० बजे खुलेको थियो ।
