ओमप्रकाश गुप्ता आइतबार, साउन ११, २०७७

दाङ।देउखुरीमा स्कारपियोको ठक्करबाट शनिबार घाइते भएका गाउँ अगुवा र बालकको उपचारका क्रममा मृत्यु भएको छ । लमही- भालुवाङ महेन्द्र राजमार्ग सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीचोकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च ५७४४ नम्बरको स्कारपियोले शनिबार बेलुका पाैने ७ बजे बाटो काट्ने क्रममा ठक्कर दिदा पिपरीका करिव ५० वर्षिय गाउँ अगुवा राजकुमार चाैधरी र सोही गाउँका रेमलाल चाैधरीका ८ वर्षका छोरा निसान चाैधरी गम्भीर घाइते भएका थिए ।

घाइते मध्ये गाउँ अगुवा राजकुमार चाैधरीको कोहलपुरमा उपचारका क्रममा गएराती निधन भएको थियो भने अर्का ८ वर्षका बालक निसान चाैधरीको बुटवलमा उपचारकै क्रममा रातीनै निधन भएको प्रहरी चाैकी सिसहनियाँले जानकारी दिएको छ। अन्य ३ जना घाइतेहरूको बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइते हुनेहरूमा राप्ती गाउँपालिका ८ पिपरीका ७ वर्षका बालक सृष्टि गुरूङ,२२ वर्षकी अामा गाैरी चाैधरी र २ वर्षकी छोरी लक्ष्मी चाैधरी रहेका छन्। प्रत्यक्षदर्शीका अनुसार गाडी चालकले मादकपदार्थ सेवन गरि करिव १०० को स्पिडमा कुदाएकोले सो दुर्घटना भएको बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार मृतक गाउँ अगुवा चाैधरीलाई सडकबाट घिसारेर नालामा पुर्‍याएको थियोे । नालाबाट स्थानीयले घाइते लाई निकालेर अस्पताल पुर्‍याएका थिए ।ठक्कर दिने गाडी नालामा पल्टिएको छ । भने चालकलाई प्रहरी चाैकी सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएको छ । घटना पछि स्थानीयले गरेको सडक अवरोध भने राति १२:३० बजे खुलेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]