दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा बाबुराम अधिकारी भारी मतान्तरले विजय हुनु भएको छ ।
स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएको निर्वाचनद्वारा अधिकारीले आफ्नो प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार माधव सापकोटालाई ३२० मतको फराकिलो मतान्तरले पराजित गरेर विजय हुनु भएको हो ।
अधिकारीले कुल मत १३१७ मत प्राप्त गर्नु भएको थियो भने उहाँको प्रतिस्पर्धी सापकोटाले जम्मा ९९७ मत प्राप्त गर्नु भएको थियो । त्यस्तै वडा सदस्यहरुमा एमालेका दलित महिला सदस्य दिलबसी बि.क, महिला सदस्य हेमन्ती कुमाल,खुल्ला सदस्य डम्बरबहादुर योगि,देविलाल थारु रहनु भएको छ ।
यसैगरी अधिकारी यस अघिको पनि वडा नम्बर १ को वडा अध्यक्ष हुनुहुन्थ्यो ।