Sidha Patra बुधबार, जेठ ०४, २०७९

दाङ । लमही नगरपालिकाको प्रमुख र उपप्रमुखमा
नेपाली काङ्ग्रेसका जोगराज चौधरी र लक्ष्मी योगि निर्वाचित हुनु भएको छ ।

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनद्वारा चौधरीले नेकपा माओबादी केन्द्रका नग रप्रमुखका उम्मेदवार बसन्तराज शर्मालाई २ हजार ३२ मतको फराकिलो अन्तरले हराएर आफू निर्वाचित हुनु भएको हो ।

त्यस्तै चौधरीले कुल ९ हजार ३ सय १७ मत प्राप्त गर्नु भएको थियो भने उहाँका प्रतिस्पर्धी शर्माले ७ हजार २ सय ८५ मत पाउनु भएको थियो । यस्तै एमालेका दण्डीराम चौधरीले ५ हजार ५ सय ३ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपप्रमुख काङ्ग्रेसकी लक्ष्मी योगीले ८ हजार ७ सय ३७ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ र एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गर्नु भएको थियो ।

काङ्ग्रेसले लमही नगरपालीकाका सबै वडा र पालिकामा जित हाँसिल गर्न सफल भएको छ भने वडा नम्बर ५ मा हार बेहोरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]