
Sssbus1
tssbus
Ssbus
Ssbus
Ssbus
Pbu
Gsl
Sssbus1
Bs1
ssbus
nsm

Ggd
Bbu
Rgu
Hal
Rgs
Pvg
Ssm
Bbbpu
nsb
Gst
Sbs
Rsb
Wsp
Asm
Rgu
Tsm
Sls
Vor
Ksm

Jmb
sab
Mks
Pls
Syp
Bml
Abd
bbt
Gsb
Ptm
Jmb
Rmb
Rpp
काठमाडौं। नेपाल र भारतबीच ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार लुम्बिनीमा भएको भ्रमणका क्रममा सम्झौता गरिएको हो ।
लुम्बिनीस्थित होटल पवन प्यालेसमा दुई पक्षबीच सम्झौता भएको हो।
त्यस्तै भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्यअनुसार दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको हो । हामीलाई प्राप्त जानकारी अनुसार सम्झौताका बुँदाहरु यस्ता छन्छन्।
सम्झौताहरूः
१. बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सम्झौता |
२. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्वविद्यालयबीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता ।
३. भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) र काठमाडौं विश्वविद्यालय (केयू) बीच भारतीय अध्ययनको आईसीसीआर चेयर स्थापना गर्ने सम्झौता |
४. काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) बीच सहयोगको सम्झौता
५. नेपालको काठमाडौं विश्वविद्यालय (केयू) र भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) भारतबीच स्नातकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम गरिने ।
६. अरुण चौथो आयोजनाको विकास र कार्यान्वयनका लागि सतजुल जलविद्युत् लिमिटेड र नेपाल विद्युत् प्राधिकरण (एनईए) बीच सम्झौता।
