
Gsl
Ssbus
ssbus
Sssbus1
Sssbus1
tssbus
Ssbus
Pbu
nsm
Bs1
Ssbus

Bbu
Rgu
Tsm
Sbs
Rgu
Ggd
Pvg
Rgs
Ksm
Hal
Wsp
Gst
Ssm
Rsb
nsb
Vor
Asm
Sls
Bbbpu

Gsb
Jmb
Mks
Bml
Pls
Jmb
sab
Ptm
Abd
bbt
Rmb
Rpp
Syp
सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ को मत गणना सम्पन्न भएको छ । जसमा पुन:नेकपा माओवादी केन्द्रका वीर बहादुर बुढा मगर कैलाशको प्यानल बिजय भएका छन् । बुढा मगरले ६२७ मत ल्याएका छन् भने नेपाली काङ्ग्रेसका निर्मल कुमार बुढाथोकीले ५२८ ल्याएर पराजित भएका छन् ।
त्यस्तै महिला सदस्य सीता घर्ती मगर ६६८ दलित महिला सदस्य भिमी कामी ६५९ सदस्यहरु दुर्गा बहादुर बुढा ६६२ र मोलाल रोका ६५८ विजय भएका छन् । माओवादी केन्द्रका नगर कमिटी उपाध्यक्ष रहेका बुढामगर २०७४ मा पनि वडा अध्यक्षमा बिजय भएका थिए ।
नगर प्रमुख सुरुवातीदेखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन् । जसमा प्रमुखमा गठबन्धनका साझा माओवादी केन्द्र कर्ण बहादुर बुढाथोकीले २६१८ एमाले गोविन्द कुमार पुन १४३६ राप्रपा शिव बहादुर वली ११८ राप्रपा नेपाल बालाराम शर्मा ५ उपप्रमुख गठबन्धन पुरुषोत्तम आचार्य १२८८ राप्रपा सृष्टि शाह १२९ र स्वतन्त्र दिपेन्द्र बिष्ट १२८३ मत ल्याएका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिका ११ न वडामा १६७७ मत मध्य १२३५ मत खसेको थियो ।
