
gis
Csb
Ssb
Rsb
mss
Ppu
Gsb

Ssb
Tsb

Rgu
Nps
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर गुरूङ विजयी भएका छन् ।
एमालेका वडा अध्यक्ष पदका उम्मेदवार गुरूङले ९५० मत प्राप्त गरि वडा अध्यक्ष पदमा बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभाकरदेव चाैधरीले ८१६ मत प्राप्त गरेका छन् । १३४ मत अन्तरले गुरूङ विजय भएका हुन् । भने नेकपा नेकपा माओवादी केन्द्रका रामचन्द्र चाैधरीले २०६ मत प्राप्त गरेका छन् ।
त्यसै गरि नेकपा एमालेबाट महिला सदस्य चम्फा पुनले ८९७, दलित महिला सदस्यमा भानु विकले ८६८ , कांग्रेसबाट खुल्ला सदस्य सुन्दरबहादुर शाहीले ७९७ मत प्राप्त गरि विजय भएका छन् ।
खसेको कुल २,५५३ मत मध्ये ९८ मत बदर र २,४५५ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
