Sidha Patra आइतबार, जेठ ०१, २०७९

दार्चुला । अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता भगतसिंह ठेकरे बोहरा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनामा बोहराले दुई हजार ३०४ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत पाए ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी देवकी बोहरा निर्वाचित भएकी छन् । उनले दुई हजार २७ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उर्मिला बोहराले एक हजार ३१३ मत पाइन् ।

यसअघि ०७४ सालमा अपि हिमालको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

यसपटक गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा सत्तारुढ दलले तालमेल गरेका थिए । अपिहिमाल वडा नम्बर ३ मा एमालेका दलित महिला सदस्य निर्विरोध चयन भएकी छन्, अरु पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

अपिहिमालको वडा नम्बर १ मा कांग्रेसका पोखरसिह लोथ्याल, वडा नम्बर २ मा रामसिह धामी, वडा नम्बर ३ मा गगनसिह कार्की निर्वाचित भएका छन् । व८ नम्बर ४ मा नेकपा माओवादी केन्द्रका रवीन्द्रसिंह बोहरा, वडा नम्बर ५ मा राजेन्द्रसिंह धामी र वडा नम्बर ६ मा धर्मसिंह धामी निर्वाचित भएका छन् ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]