
ssbus
nsm
Sssbus1
tssbus
Bs1
Gsl
Pbu
Ssbus
Ssbus
Sssbus1
Ssbus

Bbu
Rsb
Vor
Ggd
Rgs
nsb
Sbs
Ssm
Asm
Gst
Ksm
Rgu
Wsp
Sls
Pvg
Bbbpu
Tsm
Rgu
Hal

bbt
Rpp
Jmb
Ptm
sab
Rmb
Abd
Bml
Pls
Mks
Syp
Gsb
Jmb
दाङ । दाङमा नेकपा (माओवादी केन्द्र)ले पनि दोस्रो जित निकालेको छ।
शान्तिनगर गाउँपालिका वडा नं १ मा जित्दै माओवादीले दोस्रो जित दर्ता गरेको हो। वडा नं १ को अध्यक्षमा जंगबहादुर पुनसँगै माओवादीको प्यानल नै विजयी भएको छ। पुनले ५४० मत ल्याउँदै विजयी विजयी भएका हुन। उनले नेपाली काँग्रेसका दुर्गा घर्तीलाई २३ मतले पछि पर्दै जितेका हुन्।
त्यस्तै खुल्ला सदस्यमा माओवादीबाटै पुस्कार कामी र अनन्त बहादुर डाँगीले क्रमश ५१२ र ५२५ मत प्राप्त गर्दै विजयी भएका छन्। महिला सदस्यमा विमिकुमारी डाँगीले ५३६ र दलित महिला सदस्य चन्दा सुनारले ५४१ मत ल्याउँदै विजयी भएका छन्।
वडाध्यक्षका प्रतिस्पर्धी नेपाली काँग्रेस दुर्गा घर्तीले ५१७, नेकपा एमालेका थम्मन कनौले २८४ र स्वतन्त्रबाट हिरा बहादुर वलीले २७४ मत प्राप्त गरे। वडा नं १ मा माओवादीमा बागी उम्मेदवारी परेको थियो।
त्यसैगरी स्वतन्त्रबाट उम्मेदवारी दिएका वली नेकपा माओवादी केन्द्रका शान्निगर गाउँपालिका उपाध्यक्षसमेत थिए । उनले जंगबहादुरलाई माओवादीले टिकट दिने निर्णय गरेपनि पार्टीबाट राजिनामा दिँदै स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। तर माओवादीबाट बागी परेपनि जंगबहादुरले आफ्नो जित निकाले छन्।
वडाध्यक्षमा विजयी पुन ०७४ को निर्वाचनमा पनि वडाध्यक्षमा नै निर्वाचित भएर पाँच वर्षे कार्यकाल पूरा गरिसकेका छन्। उनसँगै विमिकुमारी र अनन्तबहादुरले पनि वडा सदस्यमा नै ०७४ को निर्वाचनमा विजयी भएका थिए । यसअघि माओवादीले केन्द्रबाट राप्ती गाउँपालिकाको वडा नं ९ मा रिमबहादुर सुनारी मगर ३७६ प्राप्त गरि विजयी भएका थिए। उनीसँगै माओवादीको ५ जनाको प्यानलनै विजयी भएको थियो।
यससँगै दाङमा ५ वटा वडाको अन्तिम मत परिणाम आइसकेको थियो। जसमध्ये काँग्रेसले १ र एमालेले दुई वडामा जित निकालेको छ।
