
Ksb
Rsb
Rks
jsb
Csb
Tgp
Fmb
Ksb
Usb
Bsn
Ssb
Gsb
Nsb
Ksb
Ppu
Ssb

Tsb
Usb
Ssb
Hl1
Gsb

Rgu
ptl
Nps
उदयपुर । उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा प्रहरीले चलाएको गोली लागेर एक युवाको घटनास्थलमा नै मृत्यु भएको छ। प्रहरीले चलाएको गोलीबाट अन्य एक जना र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक जना प्रहरी घाईते भएका छन्।
मृत्यु हुनेमा स्थानीय १९ बर्षिय नविन कटुवाल रहेका छन्। उनको छातिमा गोली लागेको छ। प्रहरीले चलाएको गोली लागेर घरमा बसिरहेका स्थानीय १३ बर्षीय मन श्रेष्ठ घाईते भएका छन्। उनको खुट्टामा गोली लागेको छ। वाहिरबाट ढुंगामुढा प्रहारगर्दा प्रहरी जवान विष्णु तामाङ्ग घाईते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। घाईतेलाई उपचारका लागि कटारी ल्याईदैछ।
प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले गोली चलेको बताएपनि घटनास्थल भौगोलिक विकट क्षेत्रमा रहेकाले मृत्यु पुष्टि भईनसकेको बताए। मृतक कटुवाल नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकोतर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिज हुन्। विप्लवका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेलले भने आफ्नो पार्टीका कार्यकर्ताको प्रहरीको गोली लागि ज्यान गएको बताएका छन्।
उनले काँग्रेस कार्यकर्ताले धाँधली गरी फर्जी मत खसाल्न लाग्दा रोक्नेक्रममा विवाद सृजना भएपछि प्रहरीले गोली चलाएको बताए। प्रजिअ यादवले मदतान प्रकृया ५:२० मा सकिसकेपछि दलका कार्यकर्ता विच विवाद सृजना भई प्रहरीमाथि ढुंगामुढा गर्दा शान्तिसुरक्षाका लागि गोली चलाइएको बताए । उनले भने, ‘मतदान सकेर दलका प्रतिनिधिले मुचुल्कामासमेत हस्ताक्षर गर्दैगर्दा अकास्मात वाहिरबाट ढुगांमुढा हान्न थालेपछि प्रहरीले जवाफी फाईरिङ्ग गरेको हो।’ शिलबन्दी गर्नेक्रममा ५०/६० जनाको समूहले मतपेटिका लुट्ने प्रयास गरेपछि स्थिति तनाव ग्रस्त भएको प्रजिअ यादवले बताए।
त्यस्तै उनले भने, ‘स्थितीलाई नियन्त्रणमा लिन मतदान स्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीले गोली फायर गरेको हो।’ कालिका मावि सोरूङ छविसे मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना प्रहरी र ८ जना म्यादी प्रहरी गरी जम्मा १२ जना रहेका थिए।
त्यसैगरी प्रहरी निरीक्षकको कमाण्डमा मोबाइल गस्ती र बाहिरी भागमा नेपाली सेनापनि रहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुबासचन्द्र वोहोराले बताए। उनले पहाडी भेग रहेकाले फोन सम्र्पक हुन नसकेको र विस्तृत विवरण आउन नसकेको बताए। प्रहरीले एसएलआरबाट ४ राउण्ड र थ्रिनटथ्री राईफलबाट ४ राउण्ड गरी जम्मा ८ राउण्ड गोली फायर गरेको जनाएको छ। कटारी–१० मा वडाध्यक्षका लागि नेकपा एमालेबाट क्षेत्रबहादुर खड्का, कांग्रेसबाट बलबहादुर कार्की, नेकपा एकिकृत समाजबादीबाट लेटनारायण श्रेष्ठ र स्वतन्त्रबाट गौरबहादुर कटुवाल उम्मेदवार रहेका छन्।अन्नपूर्णपोष्ट
