
Bs1
Gsl
Sssbus1
Ssbus
Ssbus
nsm
Ssbus
Pbu
tssbus
ssbus
Sssbus1

Wsp
Rgu
Rsb
Sbs
Tsm
Bbbpu
nsb
Pvg
Vor
Gst
Rgs
Rgu
Asm
Sls
Ssm
Bbu
Ksm
Ggd
Hal

Bml
Syp
bbt
Abd
Jmb
sab
Ptm
Rpp
Pls
Gsb
Jmb
Rmb
Mks
रोल्पा । थबाङ गाउँपालिकाको उवामा सोमबार चुनावी सभा सम्पन्न भएको छ । युगौदेखि आन्दोलित र शस्त्र द्वन्द आधारले रोल्पा कम्युनिस्ट जग मानिएको ठाँउ हो । थबाङ गाउँपालिकामा जम्मा ५ वटा वडा पालिकाहरु छन् ।
जसमा थबाङमा १ र २ वडा, मुरुल ३ नम्बर वडा,तेलखोलादेखि माथी ४नम्बर वडा र उवा थुलो गाउँसम्म ५ नम्बर वडा मिलेर एउतै पालिका बनेको छ । यसैगरि ५ वडा लगायत चुनावी सभाहरु गाउँ ठाँउहरुमा भइराखेको छ ।
५ नम्बर वडा ठुलो गाउँ उवामा गठबन्धन चुनावी प्रचारप्रचार माहोलमा काम गर्नेलाई जिताउ र क्षमतालाई हेरौं भन्ने नाराहरु रहेको थियो । चुनावी सभामा प्रमुख अतिथि थबाङ गापाका उम्मेदवार दर्जित रोका,पुर्व नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर,सम्झना घर्ती मगर,अमित घर्ती मगर, लगायत अन्य नव प्रत्येक वडाका उम्मेदवारहरुको बाक्लो उपस्थित रहेको थियो ।
यसैगरि अतिथि नवीन रोका मगरले उवाको चुनावी सभामा प्रचारमा हिजोको दिनमा चुनाब जितायौ जुन ठाँउमा पुर्या पुर्यायौं हाम्रा आशा भरोसा चक्नाचुर पारि दियो खै रोल्पा बदलेका हामी गाउँ ठाँउ बदल्न हामी एक ठाउँमा आएका छौं पार्टी होइन बिचार बदल्न आएका छौं भन्दै आफ्नो भनाइ राख्नु भएको थियो ।
त्यसैगरी अर्का अतिथि सम्झना घर्ती मगरले पनि गठबन्धन पार्टी भनेको जन्ताको इच्छा चाहाना रहेको बताउनु भयो । थबाङ गाउँपाकिकामा माओबादी केन्द्र एकलौटी चुनावी मैदानमा भिडदै छ भने स्वतन्त्र,एमाले,मसाल र काङ्ग्रेसहरुको बीच गठबन्धन रहेको छ । थबाङ गाउँपाकिका अध्यक्षमा माओबादी केन्द्रबाट रिषकेश बुढा मगर रहनु भएको छ भने प्रतिद्वन्दी एमाले काङ्ग्रेस,स्वतन्त्र र मसाल गठबन्धन पार्टीहरुको आम चुनावी सभा उवामा भएको छ ।
यस्तै उम्मेदवार थबाङ गाउँपालिका अध्यक्ष दर्जित रोका मगर पलिका उपाध्यक्षमा रायबहादुर पुन मगर १ नम्बर वडाबाट फर्के झाक्री मगर,महिला सदस्यमा मुलज्योती बुढा मगर,दलित महिला सदस्य सबिना बिक,सद्स्य अबिशन रोका,सदस्य जद बिक छन् ।त्यसैगरि ५ नम्बर वडा काङ्ग्रेस अध्यक्ष लुकुमन रोका मगर दलित सदस्य मन्छानी बिक , महिला सदस्य सत्पुरा रोका मगर ,खुल्ला सदस्य सम्जिपुरा रोका मगर रहेका छन् ।
युगौदेखिका आन्दोलनले ग्रसित थलो देशदेखि बिदेश सम्म चर्चामा रहेको थबाङको यसपालिको चुनाबमा स्वतन्त्र,एमाले,मसाल र काङ्ग्रेसहरुको गठबन्धन रहेको छ भने माओबादी केन्द्र एकलौटी रुपमै उभिएको छ । त्यस्तै मङ्गोल नेसनल अर्गनाईजेसन पनि अहिलेको चुनाबमा समाबेश छ ।
चुनाबी प्रसारमा माओबादी केन्द्र र गठबन्धन उमेदवारहरुको बिच अति चनौती पुर्ण रहेको छ । बिगट्को चुनाबी माहोल भन्दा यसपालिको चुनाब फरक पाता बाट जन्ताको मन मस्तिष्कमा सजिएको छ । पार्टी होडबाजीले रोल्पाको इतिहासलाई नमेतौ भन्ने जनताहरुको चाहाना रहेको छ । जो जे पार्टीको भएतापनि आफनै गाउँ,समाज उहीँ पार्टीका नेता आएर हामीलाई बिकास गर्दिने होईन।
आफनै गाउँको प्रतिनिधिहरु मिलेर बिकास गर्ने हो त्यसैले सबै मिलेर जोले गर्छ क्षमता छ उहिलाई जिताउ भन्ने जनताको आवाज छ । यसै गरि उवाको चुनाबी सभा सिरबहादुर घर्ती मगरको अध्यक्षता भएको सभाको सन्चालन दिके रोका मगरले गर्नु भएको थियो ।
