
Csb
Ssb
gis
Gsb
Ppu
mss
Rsb

Ssb
Tsb

Nps
Rgu
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छ । सबै पार्टीका तथा स्वतंत्र उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन ।
कृष्णनगर नगरपालिका वडा नं १० बहुजन शक्ति पार्टी (BSP) वडाध्यक्ष पदका उमेदवार घनश्याम प्रसाद चतुर्वेदी जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् । बहुजन शक्ति पार्टी निकट नेता वडाध्यक्ष पदका उमेदवार घनश्याम चतुर्वेदी लाई वडाध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन् ।
चतुर्वेदी यो पालि वडाध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। वडाध्यक्ष पदका उम्मेदवार चतुर्वेदी घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् । चतुर्वेदी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । वडाध्यक्ष पदका उम्मेदवार घनश्याम चतुर्वेदी आफूलाई जनताले विजयी बनाए वडाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए । चतुर्वेदी वडावासि माझ लोकप्रिय बन्दै गएका छन् भने उनि पूर्व शिक्षक समेत हुन ।
