अजय मिश्र/कपिलवस्तु शुक्रबार, बैशाख २३, २०७९

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंज बजारमा कृष्णनगर नगरपालिकाको नेपाली कांग्रेस नगर प्रमुख पदका उमेदवार रजत प्रताप शाह बहुसंख्यक समर्थकका साथ घर दैलो अभियान गरेका छन् ।

कृष्णनगर नगरपालिका वडा नं ९ काग्रेसको वडाध्यक्ष उमेदवार मंगल प्रसाद गुप्ता तथा वडा नं ८ का वडाध्यक्ष उमेदवार राम कपुर चौधरी लगायत कांग्रेस पार्टीका समर्थक उक्त अभियानमा समावेश रहि जनता संग भोट माग्न व्यस्त रहेका थिए ।

बहादुरगंज चोकमा आफ्नो मन्तव्य राख्दै मेयर उमेदवार रजत प्रताप शाहले आफू पांच बर्ष जनताको बिचमा रहि जनता प्रति वफादार रहि काम गरेको र आफूले धर्म,जातपात,भन्दा मानवतावादी भै जनता प्रति समर्पित रहेको बताउदै नगर भित्र चलिरहेको विकासका कार्यलाई निरन्तरता दिने चाहना रहेकाले पुन स्थानीय चुनावमा भोट दिएर आफूलाई जिताउन सबैसंग अनुरोध गरेका थिए । निवर्तमान नगर प्रमुख रजत प्रताप शाह बहादुरगंजको प्रत्येक घरमा पुगि आफूलाई पुन एक पटक भोट दिन मतदाता संग आग्रह गरेका थिए । निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनतामा उल्लासका साथ कृष्णनगरमा नेपाली कांग्रेस पार्टी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]