
Sssbus1
tssbus
Sssbus1
ssbus
Ssbus
Pbu
Gsl
Bs1
Ssbus
nsm
Ssbus

nsb
Tsm
Gst
Bbu
Asm
Rgu
Wsp
Hal
Rgs
Sbs
Ksm
Rgu
Pvg
Ssm
Ggd
Bbbpu
Vor
Rsb
Sls

Ptm
Jmb
Mks
Rmb
Jmb
bbt
Bml
sab
Gsb
Rpp
Syp
Pls
Abd
जाजरकोट । चुनावी प्रचारप्रसारमा हिडेका तीन दलका कार्यकर्ता बिच झडप भएको छ।
कुशे गाउँपालिका-९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा मङगलबार राति झडप भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
तीन वटा दलका करिब २०० सय कार्यकर्ता बिच रातमा झडप भएपछि प्रहरीले छुटाउन खाेज्दा आक्रामक बनेर प्रहरी माथि नै ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेकाे थियाे । घटना भएको खबर पाएपछि प्रहरी चौकी पानिकबाट ८ जनाकाे प्रहरी टाेलि खटिएकाे र अवस्था नियन्त्रणमा आउन नसकेपछि अन्य प्रहरी युनिटबाट पनि प्रहरी परिचालन गरि अवस्था नियन्त्रणमा लिएको र नेपाली सेना र सशस्त्र प्रहरी बल पनि परिचालन भई झडप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले जनसहारा संग बताए।
प्रहरी निरीक्षक पन्तले भने: “प्रहरीले सबैलाई सम्झाई बुझाई गर्न खाेज्दा प्रहरी माथि आक्रमण सुरु भएपछि एक राउन्ड हवाई फायर भएको हाे त्यसपछि अवस्था सामान्य नै छ र यस घटनाबारे अनुसन्धान जारी नै छ।”उक्त झडपमा परी कांग्रेस निकट कुशे गाउँपालिका-९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएको र स्थानीय अस्पतालकाे उपचार पछि थप उपचारका लागि सदरमुकाम खलंगा लिइएकाे छ भने उनकाे अवस्था मध्यम रहेको प्रहरी निरीक्षक पन्तले बताए।
