Sidha Patra सोमबार, बैशाख १९, २०७९

दाङ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले निर्वाचनमा प्रयोग हुने गाडीहरुमा कडाई गरेको छ ।

उम्मेदवारहरुले आफु प्रचारमा हिड्ने गाडीहरुको अनुमती नै नलिएर चलाइरहेको सूचना आएको भन्दै निर्वाचन आचारसंहिताको पालना गर्न र गराउन उम्मेदवार तथा पार्टीहरुलाई सचेत बनाएको छ ।

मुख्य निर्वाचन अधिकृत न्यायाधिस रितेन्द्र थापाले अपिल गर्दै हाल सम्म कुनै पनि उम्मेदवारले सवारी साधन सञ्चालनको अनुमती नलिएको र प्रशस्त सवारीका साधन चलाईरहेको भन्दै २४ घण्टा भित्र अनुमती लिन आग्रह गर्नुभएको छ ।

जिल्ला आचारसंहिता अनुगमन समितिको यही बैशाख १८ गतेको निर्णय अनुसार चुनाव प्रचारमा हिड्ने गाडीहरुको अनिवार्य अनुमती लिन समेत उम्मेदवारहरुलाई जानकारी गराएको छ ।

उपमहानगरपालिकाको हकमा प्रमुख उपप्रमुखका उम्मेदवारले बढीमा दुईवटा, वडा अध्यक्षका उम्मेदवारले एउटा गाडी चुनाव प्रचारमा प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

यसरी अनुमती लिएका सवारीका साधन बैशाख २७ गते राती १२ बजे देखी मतदानको दिन सम्म प्रयोग गर्न नपाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अनुमती नलिएर चलाएका र मौन अबधीमा आचारसंहिता उल्लंघन भएको पाईए गाडी नियन्त्रणमा लिईने र चुनाब पछि मात्रै फिर्ता गर्न सकिने समेत जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]