
Sgr
Rgp
Ggp
Srbpu
Lnp
Pbu
Unsku
pku

Sbs
Rgu
Rsb
Sls
Bbu
Wsp
Ggd
Asm
Pvg
Ssm
Vor
Gst
Rgs
Tsm
Bbbpu
Rgu
Ksm
nsb
Hal

Rpp
Syp
Ptm
Gsb
Mks
Bml
Pls
दाङ । दाङको तुलसीपुरमा पानी खाने कुवा खन्ने क्रममा एक जना पुरिएका छ्न ।
त्यसरी पुरिनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ जमेराका अन्दाजी २४/२५ वर्षिय हरि चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
चौधरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ साजखुटीमा कुवा खन्न पुगेका बेला माटोले पुरेको हो । आइतबार बिहान साढे ११ बजेतिर पुरिएका चौधरीलाई बिहान ६ बजेसम्म पनि निकाल्न सकिएको छैन यद्यपि निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
करिब ४० फिट गहिरो कुवामा पुरिएका चौधरीलाई करिब १८ घण्टा बित्नै लाग्दा पनि निकाल्न सकिएको छैन । कुवाबाट निकाल्नका लागि तुलसीपुर उपमहानगरपालिकाको दुईवटा जेसिबी प्रयोग गरिएको छ ।
जेसिबी सहित नेपाल प्रहरी आइतबार (हिजोदेखि निरन्तर उद्धारका लागि खटिएका छन् ।
