दाङ । दाङको तुलसीपुरमा पानी खाने कुवा खन्ने क्रममा एक जना पुरिएका छ्न ।
त्यसरी पुरिनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ जमेराका अन्दाजी २४/२५ वर्षिय हरि चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
चौधरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ साजखुटीमा कुवा खन्न पुगेका बेला माटोले पुरेको हो । आइतबार बिहान साढे ११ बजेतिर पुरिएका चौधरीलाई बिहान ६ बजेसम्म पनि निकाल्न सकिएको छैन यद्यपि निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
करिब ४० फिट गहिरो कुवामा पुरिएका चौधरीलाई करिब १८ घण्टा बित्नै लाग्दा पनि निकाल्न सकिएको छैन । कुवाबाट निकाल्नका लागि तुलसीपुर उपमहानगरपालिकाको दुईवटा जेसिबी प्रयोग गरिएको छ ।
जेसिबी सहित नेपाल प्रहरी आइतबार (हिजोदेखि निरन्तर उद्धारका लागि खटिएका छन् ।