ओमप्रकाश गुप्ता मंगलबार, बैशाख १३, २०७९

दाङ । राप्ती गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदको लागि जगतप्रसाद पोख्रेल र उपाध्यक्षमा कमलापती चौधरीले मनोनयन उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पोख्रेलले अध्यक्षमा र चौधरीले उपाध्यक्ष पदमा मनोनयन उम्मेदवारी दर्ता गराएका हुन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको राप्ती गाउँपालिकाको निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ ।

तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको पालामा यहाँ राजधानी घोषणा भएको थियो । राजधानीको व्यवस्थापन र कार्यान्वयनका लागि एमालेका उम्मेदवारले पहिलो प्राथमिकता दिने प्रतिक्रिया दिएका छन् ।

पञ्चेबाजा सहित झाँक्री र र्‍याली सहित मनोनयन दर्ता गराउन पुगेका थिए । राप्तीका ८ वटा वडामा एमालेले मनोनयन दर्ता गराएको छ । एमालले मात्र ४७ जनाले विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गराएको छ । यो पालिकामा अघिल्लो चुनावमा नेपाली काङ्ग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]