
Sssbus1
Bs1
Ssbus
Sssbus1
Ssbus
Ssbus
nsm
tssbus
Gsl
Pbu
ssbus

Wsp
Bbbpu
nsb
Asm
Tsm
Pvg
Ssm
Bbu
Rsb
Rgu
Hal
Vor
Rgu
Ksm
Rgs
Sbs
Sls
Gst
Ggd

Jmb
Ptm
Mks
Rmb
Abd
Bml
bbt
sab
Syp
Rpp
Pls
Gsb
Jmb
दाङ । सुन्दर घाेराही,समृद्ध घाेराहीका लागि आफ्नो उम्मेदवारी रहेकाे गठबन्धनका उम्मेदवारहरुले बताएका छन् ।
आज साेमबार दाङको मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराउन पुगेका गठबन्धनका उम्मेदवारहरूले सञ्चारकर्मीहरूसँगकाे संवादमा समग्र घाेराहीलाई समृद्ध बनाउने बताएका हुन् ।
गठबन्धनका तर्फबाट घाेराही उपमहानगरपालिकाका नगर प्रमुखका साझा उम्मेदवार हेमराज शर्मा डायमण्डले सञ्चारकर्मीसँगकाे संवादमा सिङ्गो घाेराही उपमहानगरपालिकालाई समृद्ध बनाउनका लागि आवश्यक काम पहिलाे प्राथमिकतामा रहेकाे बताए । `सुन्दर घाेराही, समृद्ध घाेराहीका लागि थुप्रै काम आवश्यक रहेका छन् । ती कार्यलाई पूर्ण बनाउने हाम्राे प्राथमिकता हाे ।´ उनले थपे, `घाेराही उपमहानगरपालिकाका १९ वटा वडाबासीलाई आत्मनिर्भर बनाउने हाम्राे पहिलाे याेजना छ। यसका लागि कृषि पहिलाे प्राथमिकतामा पर्नेछ। कृषि उत्पादन, व्यवस्थापन र बजारीकरण हाम्राे प्राथमिकता हाे। ´
सुन्दर नगरकाे रूपमा घाेराहीलाई चिनाउन स्वच्छ वातारणमा जाेड र प्रदूषण न्यूनीकरणका कार्यगत याेजना रहेकाे शर्माले बताए । `दाङको टुरिजम हबका रूपमा स्थापित गराउन सकिन्छ । याे याेजना हामीले तय गरेका छाैँ । पर्यापर्यटनका रूपमा दाङलाई अगाडि बढाउने र यहाँकाे स्थानीय उत्पादनलाई व्यवस्थित बजारीकरण गर्ने हाम्राे लक्ष्य रहेकाे छ ।´
त्यस्तै गठबन्धनबाट उपमेयरका उम्मेदवार रहेका भूपबहादुर डाँगीले सञ्चारकर्मीसँगकाे संवादमा दाङलाई विकाससँग जाेड्ने कुरामा जाेड दिए । `घाेराही उपमहानगरपालिकाकाे समृद्धि हाम्राे प्राथमिकता हाे । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, संस्कृति लगायतका क्षेत्र प्राथमिकताका रहेका छन् ।` बितेका पाँच वर्षमा घाेराही उपमहानगरपालिकाका सबै नागरिकले स्थानीय सरकारकाे महसुस गर्न पाएनन्। यसका थुप्रै गुनासाे हामीले सुनेका छाैँ, हामी गुनासाेकाे साक्षी छाैँ, कतिपय गुनासाे हामीले सम्बाेधन गरेका पनि छाैँ । अब यी गुनासाेलाई अति न्यून हुनेगरी काम गर्ने लक्ष्य गठबन्धनले लिएकाे छ ।
