
Pbu
Sssbus1
Ssbus
tssbus
nsm
Ssbus
Bs1
ssbus
Gsl
Sssbus1
Ssbus

Rgu
Hal
Bbbpu
Sls
Rgs
Tsm
Ggd
Sbs
nsb
Rsb
Gst
Wsp
Pvg
Bbu
Ksm
Vor
Asm
Rgu
Ssm

Jmb
Mks
Syp
Abd
Bml
Rmb
Pls
Rpp
Gsb
Jmb
Ptm
bbt
sab
दाङ । नेपाली काङ्ग्रेस पार्टीका पूर्व जिल्ला सदस्य रामप्रताप यादवले नेपाली काङ्ग्रेसको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गर्नु भएको छ ।
वि.स २०४८ सालदेखि नेपाली काङ्ग्रेस पार्टीको क्रियाशिल सदस्यबाट आफ्नो राजनीति यात्रा शुरु गर्नु भएका यादवले १९ वर्षको उमेरमा ८ औं अधिवेशनद्वारा मनोनीत क्षेत्रीय सदस्य हुँदै,नवौं अधिवेशनमा साबिक बेला गाबिसको इकाई सभापतिमा निर्वाचित भएर संगठनलाई मजबुत र बलियो बनाउन आफु अहोरात्र खटेको बताउनु भयो ।
त्यस्तै क्रमशः १० औं अधिवेशनमा बेला गाबिसको सभापतिमा लोकबहादुर भण्डारीसंग बराबर मत पाएपछि गोलापर्थाद्वारा आफू पराजित भएको भएपनि निरन्तर भण्डारी भन्दा अझ संगठनलाई सशक्त र बलियो बनाएर अघि बढ्ने कार्यमा लागेको यादवले बताउनु भयो । यस्तै ११ औं अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा जितेर गएको भएपनि,महाधिवेशन प्रतिनिधिमा गुलाम मोहम्मदसंग ३ भोटले पराजित भएको भएपनि आफ्नो गति निरन्तर रहेको स्मरण गर्नु भयो ।
त्यसैगरी १२ औं अधिवेशनमा साबिक बेला गाबिसबाट जितेर गएपछि पार्टी फुटेको समय क्षेत्रीय सभापति जानकिलाल बस्नेत हुँदै गर्दा आफू उपसभापति भएको समय सभापति बस्नेतको दाहिने हात भएर संगठनको कामकार्यमा तीब्र गतिका साथ अघि बढाएको जानकारी दिनु भयो । त्यस्तै १३ औं अधिवेशनमा जिल्ला सदस्यमा चुनावद्वारा निर्वाचित भएर राजनीति यात्रालाई निरन्तर अघि बढाएको भएपनि १४ औं अधिवेशनमा आफुलालाई वडामै ठकाएको जनाउनु भयो ।
निरन्तर संगठनको काम र कार्यमा लागि परेपनि अहिलेसम्म आफुलाई पार्टीले कुनै ठोस मुल्यांकन नगरेको र न्यायपनि नदिएको हुँदा आफु संगठनको साधारण सदस्यसम्म नरहने गरि राजनीतिबाट अवतरण भएर बसेको बताउनु भयो । करिब ३१ वर्ष लामो समयदेखि बिपिको सिधाान्तलाई आत्मसात गरेर लोकतन्त्रको संरक्षण र सम्बर्द्धनको लागि संगठनको एउटा सिपाही भएर निरन्तर लागेको भएपनि अहिलेसम्म आफुलाई पार्टीले कुनै उचित मुल्यांकन नगरेको हुँदा पार्टी त्यागेको यादवले बताउनु भयो । यस्तै यादवले आफू अब कुनैपनि पार्टीमा नलाग्ने बरु विश्राम लिएर घरमै बस्ने सिधा-पत्रसंग टेलीफोन मार्फत बताउनु भयो ।
