
Pbu
Ssbus
Sssbus1
nsm
Ssbus
Ssbus
Sssbus1
Bs1
tssbus
Gsl
ssbus

Rgu
Sls
Pvg
Hal
Rsb
Sbs
Ssm
Bbbpu
Tsm
nsb
Bbu
Gst
Rgu
Ksm
Wsp
Vor
Rgs
Ggd
Asm

Mks
Syp
Pls
bbt
Jmb
sab
Jmb
Rpp
Gsb
Abd
Ptm
Bml
Rmb
नवलपरासी । नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न नेपाल सरकारका दुई जना उपसचिव भुसाल र पाण्डेले जागिर छाडेका छन् ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेयरमा उम्मेदवार हुन उपसचिव विष्णुप्रसाद भुसालले जागिरबाट राजीनामा दिनुभएको हो ।
बुलिङटार गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिनुभएको हो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट उमेद्वारका आकांक्षी हुन् ।मेयर पदमा चुनाव लड्न खोज्नुभएका भुसालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा दिनुभएको हो ।
त्यस्तै पाण्डेले शिक्षा विकास तथा समन्वय इकाई पश्चिम नवलपरासीको उपसचिवबाट स्वेच्छिक अवकाश लिनुभएको हो । भुसालले २२ वर्ष र पाण्डेले २८ वर्ष सरकारी सेवा गरिसक्नुभएको छ । उहाँ देवचुली नगरपालिका–१० र पाण्डे बुलिङटार–३ का स्थायी बासिन्दा हुनुहुन्छ ।
जागिर छाडेका दुवैले सरकारी सेवाको अनुभवले स्थानीय तहको विकास गर्ने सोचका साथ राजनीतिमा आएको बताएका छन् । यस्तै पाण्डे उमेरका कारण १ वर्षपछि अवकाश हुँदै हुनुहुन्थ्यो भने भुसालको अवकाश पाउन ४ वर्ष बाँकी थियो ।
