Sidha Patra शनिबार, बैशाख १०, २०७९

नवलपरासी । नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न नेपाल सरकारका दुई जना उपसचिव भुसाल र पाण्डेले जागिर छाडेका छन् ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेयरमा उम्मेदवार हुन उपसचिव विष्णुप्रसाद भुसालले जागिरबाट राजीनामा दिनुभएको हो ।

बुलिङटार गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिनुभएको हो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट उमेद्वारका आकांक्षी हुन् ।मेयर पदमा चुनाव लड्न खोज्नुभएका भुसालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा दिनुभएको हो ।

त्यस्तै पाण्डेले शिक्षा विकास तथा समन्वय इकाई पश्चिम नवलपरासीको उपसचिवबाट स्वेच्छिक अवकाश लिनुभएको हो । भुसालले २२ वर्ष र पाण्डेले २८ वर्ष सरकारी सेवा गरिसक्नुभएको छ । उहाँ देवचुली नगरपालिका–१० र पाण्डे बुलिङटार–३ का स्थायी बासिन्दा हुनुहुन्छ ।

जागिर छाडेका दुवैले सरकारी सेवाको अनुभवले स्थानीय तहको विकास गर्ने सोचका साथ राजनीतिमा आएको बताएका छन् । यस्तै पाण्डे उमेरका कारण १ वर्षपछि अवकाश हुँदै हुनुहुन्थ्यो भने भुसालको अवकाश पाउन ४ वर्ष बाँकी थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]