Sidha Patra शुक्रबार, बैशाख ०९, २०७९

दाङ । घोराहीस्थित भिक्टोरीया इन्टरनेशनल कलेजमा आजदेखि खेलकूद् सप्ताह शुरु भएको छ । बिबिए आठौं सेमेष्टर अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा सञ्चालन भएको खेल सप्ताहको उद्घाटन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केसीले टिम लिडर विकास कुमाल र सेफाली रोकालाई खेल सामग्री प्रदान गरी खेलको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै केसीले खेलले अनुशासन, सामूहिक कामको भावना र चुनौती सामना गर्ने कलाको विकास गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कलेजका कोअर्डिनेटर केवि चौधरीले खेललाई मर्यादित र अनुशासित रुपमा सञ्चालन गरी बिद्यार्थीहबीच आत्मीय भावना विकास गर्न आबश्यक रहेको बताउनुभयो । कार्यक्रममा बिबिए आठौं सेमेष्टरका बिद्यार्थीहरु श्रद्धा ज्ञवाली र कमल पुनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण बिबिए आठौं सेमेष्टरका बिद्यार्थी प्रियंशा घिमिरेले गर्नुभएको थियो । खेल सप्ताहका क्रममा कलेजमा बिबिए अध्ययनरत बिद्यार्थीहरुबीच बिभिन्न खेलकूद् प्रतियोगिताहरु हुने कलेजका शैक्षिक कोअर्डिनेटर बामदेव भण्डारीले बताउनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]