
ssbus
Sssbus1
Ssbus
tssbus
Gsl
nsm
Ssbus
Sssbus1
Ssbus
Pbu

Tsm
Gst
Asm
Sls
Ksm
Sbs
Ssm
Vor
Bbbpu
Rgu
Bbu
Hal
Rgs
Rgu
Pvg
Rsb
Wsp
Ggd
nsb

Jmb
Abd
Pls
Mks
Rmb
Bml
Gsb
Jmb
Ptm
sab
bbt
Rpp
Syp
दाङ । आसन्न दोश्रो स्थानीय तहको निर्वाचनमा महिलाहरुले आफ्नो प्रतिनिधित्व हुन नसकेको प्रति ध्यानाकर्षण गराएका छन् ।
संविधानले महिलाको हकका बाध्यकारी व्यवस्था गरेपनि व्यहारिक कार्यान्वयनमा पुरुष प्रतिनिधिहरुले हस्तक्षेपकारी कदम चालेको आरोप लगाएका छन् । महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङले आज आयोजना गरेको स्थानीय निर्वाचनमा महिला नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा जिल्ला भरबाट सहभागी महिलाहरुले पुरुष समान अधिकार पाउनुपर्ने जोडदार आवाज उठाएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की हरिकला वली मियाले महिलालाई निर्वाचनमा स्वतन्त्र रुपमा उठ्न रोक लगाउने काम पुरुष नेताबाट हुने गरेको बताउनुभयो । उहाँले आन्दोलनमा समान रुपमा होमिएका महिलाई अहिले आएर यो वा त्यो बहानामा थिचोमिचो पार्ने काम भएको बताउनुभयो ।
बबई गाउँपालिका वडा नम्बर ३ की दिपा केसीले पुरुष समान अधिकार महिलाले पनि पाउनु पर्ने आवाज उठाउनु हुन्छ ।कार्यक्रममा स्टेज सजाउन र तालि पिट्न प्रयोग गरिने महिलाहरुलाई बारम्बार अवसरबाट वन्चित गरिएको तर्क गर्नुभयो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ की प्रमिता चौधरी शर्माले पनि हिजो आन्दोलनका बेलामा महिलाले गरेको योगदान अनुसार कार्यकारी पदबाट महिलाहरुलाई वन्चित पारिएको बताउँदै बाध्यतात्मक अवस्थामा बाहेक अरु ठाउँमा पुरुषले महिलामाथि उपेक्षा गरेकाले यसको सशक्तीकरणका लागि बाध्यतात्मक कानुन कडाईका साथ कार्यान्वयन गर्न जिल्लाका सय वडामा महिला– महिला बिच प्रतिष्पर्धा गराउन सक्नुपर्ने तर्क गर्नुभयो । दंगीशरण गाउँपालिकाकी सितारा नेपाली वादीले पनि महिलाको सामुहिक मुद्दामा महिला नै एकजुट हुनुपर्ने बताउनुहुन्छ । पछिल्लो समय पैसाको आडमा राजनीति गर्नेहरुले निष्ठाको राजनीति गर्नेहरुलाई पछाडी पार्ने काम गर्न थालेपछि उत्पीडित,गरिव महिलाले अधिकार कहिले पाउने भन्दै प्रश्न गर्नुभयो ।
तुलसीपुर उपमहानगरपालिकाकी सुष्मा लामिछाने गिरीले पुरुषसँग राजनीतिक अधिकारी माग्नु कुनै भिख मागे जस्तो नठान्न चेतावनी दिनुभयो ।राजनीतिक मागलाई गम्भीरताका साथ लिन आग्रह गर्दै उहाँले महिलालाई पाखा लगाउने कामले लोकतन्त्र सबल बन्न नसक्ने तर्क गर्नुभयो ।
कार्यक्रममा राजनीतिक दलका तर्फबाट राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, लुम्बिनी प्रदेश सदस्य दामा शर्मा, नेपाल महिला संघकी अध्यक्ष गोमा रावत, नेपाली कांग्रेस दाङकी सचिव बालिका लम्साल, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, नेकपा समाजवादीकी मिना गुरुङलगायतले सहभागीहरुबाट उठेका जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।
महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङकी संस्थापक अध्यक्ष लक्ष्मी आचार्यले संस्थाले खेल्दै आएको भुमिकाका बारेमा प्रकाश पार्नुभएको थियो । सञ्जालकी अध्यक्ष सुशीला पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष अनिता पोख्रेलले गर्नुभएको थियो ।
