
Ssbus
nsm
Sssbus1
Sssbus1
Ssbus
Ssbus
tssbus
Gsl
Pbu
ssbus

Asm
Wsp
Pvg
Rgu
nsb
Bbu
Tsm
Rgu
Sls
Ggd
Ssm
Rsb
Sbs
Gst
Ksm
Bbbpu
Vor
Rgs
Hal

Gsb
Rpp
Syp
bbt
Abd
Mks
Ptm
Jmb
Pls
Bml
Rmb
sab
Jmb
दाङ । नेपाली काङ्ग्रेस घोराही नगरसमितिले जनभावना र अघिल्लो निर्वाचनको मत परिणामलाई मुल्याङ्कन गरेर स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरेको छ ।
नगरसमितिले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनका नाममा २०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिष्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो ।
गठबन्धनमा भागबन्डा गर्दा घोराही उपमहानगरपालिकाको मेयरमा माओवादीका उम्मेदवारले टिकट पाउने सम्भावना बढेपछि कांग्रेसले कमजोर जनमत भएको पार्टीलाई टिक नदिन आग्रह नेतृत्वलाई आग्रह गरेको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा मुख्य प्रतिष्पर्धी कांग्रेस भएको र दाङ क्षेत्र नं. २ अन्तर्गतका दुई पालिकाहरु मध्य घोराही उपमहानगरपालिकाको प्रमुख कांग्रेसलाई दिनुपर्ने नेपाली कांग्रेस घोराही उपमहानगरपालिका नगर सभापति तिलक रावतले बताए ।
उनले गठबन्धनका नाममा दुई नम्वर क्षेत्रका स्थानीय तहरुमा कांग्रेसलाई सून्य बनाउन नसकिने भन्दै नेतृत्वलाई उचित निणर्य लिन आग्रह गरे । ‘अघिल्लो स्थानीय तह निर्वाचनको मत परिणाम र गठबन्धनले तयार गरेको उम्मेदवार चयनको मापदण्ड अनुसार घोराहीको नेतृत्वमा कांग्रेसको स्वाभाविक रुपमा हक छ’,नगर सभापति रावतले भने,‘आफ्नो राम्रो जनमत भएको क्षेत्र कमजोर माओवादीलाई दिन सकिदैन ।’
उनले गत स्थानीय तह निर्वाचनमा घोराहीको नगर प्रमुख र उपप्रमुखका उम्मेदवारहरु जीवन गौतम र सिता चौधरीले माओवादी छोडिसकेकाले स्वभाविक रुपमा माओवादीले समेत कांग्रेसलाई सहयोग गर्नुपर्ने बताए । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस लुम्विनी प्रदेश सदस्य जानका केसी, नेपाली कांग्रेसका जिल्ला सदस्यहरु बद्री खड्का, खेमराज विश्वकर्मा, नेपाली कांग्रेस क्षेत्र नं. २ का सहसचिव रमेश पाण्डेय लगायतका नेपाली कांग्रेस घोराही नगर समिति, वडा सभापतिलगायतका नेताहरुको सहभागिता रहेको थियो ।
