Sidha Patra सोमबार, बैशाख ०५, २०७९

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर स्थित राप्ती घाटमा अवैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न भएका पाँचवटा टिपर र दुईवटा जेसिवी आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

अबैधरुपमा धमाधम गरिएको उत्खनन् नियन्त्रण गर्न लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी लगायत टाेली स्थलगत अनुगमनमा निस्किएको बेला हस्नापुर घाटमा जेसिवीले उत्खनन् गरिरहेको र स्थानीय क्रसर उद्योगमा डम्पिङ् गरिएको अवस्थामा फेला पारेको हो ।

त्यस्तै सो ठाउँबाट उत्खनन् गर्न पालिकाले अनुमति नदिएकाे नगरप्रमुख केसीले बताउनु भयाे । उत्खननमा प्रयाेग भएका साधनका सम्बन्धित व्यक्तिहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउन अनुसन्धान अघि बढाईएकाे उहाँको भनाई छ । लमही नगरपालिकाले यस आर्थिक वर्षमा विभिन्न ९ स्थानमा नदीजन्य बस्तु उत्खननकाे ठेक्का लगाएकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]