
ssbus
Ssbus
Ssbus
nsm
Sssbus1
Sssbus1
tssbus
Pbu
Gsl
Ssbus

Sls
nsb
Ggd
Asm
Bbu
Vor
Pvg
Wsp
Sbs
Gst
Bbbpu
Rgu
Rsb
Ksm
Tsm
Rgu
Rgs
Ssm
Hal

Syp
Bml
Abd
Ptm
Jmb
Pls
bbt
Rpp
Rmb
sab
Mks
Jmb
Gsb
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सबभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेकाे छ ।
नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा शिक्षा क्षेत्रमा भौतिक निर्माण लगायतकाे शिक्षासंग सम्बंधित क्षेत्रमा बढी लगानी गरेकाे याेजना शाखाले जनाएकाे छ । शिक्षा क्षेत्रकाे बिकासमा विद्यालय पुर्वाधार निर्माण लगायत विशेष याेजना नै संचालन गरि अगाडि बढेकाे छ । कृष्णनगर नगरपालिकाभित्र हाल छ वटा मा वि संचालनमा आइसकेका छन । उक्त मा. वि. बाट हजारौं विद्यार्थी लाभान्वित भएका छन् ।
जनप्रतिनिधि निर्वाचित हुनुभन्दा पहिला कुल चारवटा माध्यमिक विद्यालयमा नगरक्षेत्रका विद्यार्थी चाप धान्नै नसक्ने अवस्था थियाे तर कृष्णनगर नगरपालिकाले प्राथमिकताका साथ सबै वडामा रहेका अधारभूत विद्यालयहरुमा पुर्वाधार निर्माण लगायत स्वयंसेवक शिक्षकको व्यवस्थापन समेत गरि शिक्षण गराउदै आएकाे छ ।
अपर्याप्त बजेट र संघ केन्द्र सरकारकाे उदासिनताले कृष्णनगरले आफ्नै बजेटमा केही क्षेत्रमा बिकास गरे तापनि अझ धेरै सुधार गर्दै लैजानुपर्ने नगरप्रमुख रजत प्रताप शाहले जाेडदिनुभएकाे छ । बिकास नियमित प्रक्रिया भएकाले आफूले हरेक संभव विकास गर्दै आएको र विकासका हरेक सम्भावना पहिचान गरि नगर लाई व्यवस्थित बनाउन आफू सधै तत्पर रहेको नगरप्रमुख शाहले बताए ।
स्थानीय पाठ्यक्रम बनाउने तयारी भइ रहेको, नियमित विद्यालय हरूमा अनुगमन भइ रहेको शैक्षिक सुधारका हरेक सम्भव प्रयास गर्दै आएको कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी ले जानकारी दिनुभयो ।
