Sidha Patra शनिबार, बैशाख ०३, २०७९

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो ५२ औं स्थापना दिवसको अवसरमा व्यवसायीहरु विच मैत्री पुर्ण प्रतियोगीता सुरु गरेको छ ।

संघले आइतवार एक कार्यक्रमको आयोजना गरि प्रतियोगीताको उद्घाटन गरेको हो । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य रामदयाल गुप्ताको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमको सहजिकरण संघका सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए । शनिवार विहान भएको फुटवल दाङ जिल्ला फोटोग्राफर एशोसियसन र मोवाइल व्यवसायी विच भएको प्रतियोगीतामा फोटो ग्राफर विजयी भएको हो । १ का विरुद्ध ६ गोलले फोटो ग्राफर विजयी भएको फुटवल प्रतियोगीता उप समितीका संयोजक विकास वलीले जानकारी दिए । प्रतियोगीतामा ६ वटा समुहको सहभागिता रहेको छ । यसैगरेर दौड प्रतियोगीतामा मनकर्ण के सी प्रथम रामु केसी द्धितीय भएका थिए । भएको दौड प्रतियोगीता उप समितीका संयोजक विनोदप्रसाद पाण्डेले जानकारी दिए ।

व्यवसायीहरुलाई खेलको माध्यम बाट मनोरञ्जन, भेटघाट गराउने तथा आपसमा चिन जान गराउने उदेश्यले मैत्रिपुर्ण प्रतियोगीता आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह वुढाथोकीे जानकारी दिए । संघको स्थापना दिवसको अवसरमा फुटवल प्रतियोगीता,दौड,कुसी दौड तथा हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको प्रतियोगीता समितीका संयोजक रामप्रसाद पोख्रेलले जानकारी दिए । संघले आफनो स्थापना दिवसको अवसरमा विगतका वर्ष देखि नै मैत्रीपुर्ण प्रतियोगीताहरु सञ्चालन गदै आएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]