
Ssb
Ssb
Fmb
Ksb
Bsn
Nsb
Ksb
Rks
Csb
jsb
Gsb
Tgp
Ppu
Rsb
Ksb
Usb

Ssb
Tsb
Hl1
Usb
Gsb

Rgu
ptl
Nps
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा एक दिने मगर संस्कृती जगेर्ना सम्बन्धि प्रशिक्षण तालिम शुक्रबार सम्पन भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयले आर्थिक वर्ष २०७८/०७९ योजना अन्तरगत भाषा सस्कार एवं पोशाक जगेर्ना र संरक्षण गर्ने उदेश्यले छुटाएको १ लाख आर्थिक सहयोगमा भालुबाङको सामुदायिक वन उपभोक्ता समुहको कार्यलयमा वडा स्तरीय प्रशिक्षण कार्यक्रम भएको हो ।
त्यसैगरि उक्त प्रशिक्षणको प्रमुख १ वडा कार्यलयका जनप्रतिनिधि पुर्ण जङ रेस्मी मगर र विशिष्ट अथिती नेपाल मगर संघ दाङ जिल्ला सहसचिब बिसपुरा घर्ति मगर र प्रशिक्षक लुम्बिनी प्रदेश मगर संघ सदस्य ईराधा झाक्री मगर रहनु भएको थियो ।
प्रमुख अथिती रेस्मीले सबै कुराहरु मिलाउदै जानू पर्छ थोरै भए पनि मगरहरुको निम्ति केही राहात पुगोस भनेर सुरुवाती छौ अबका दिनमा फेरि सबै मिलेर गर्दै जानू पर्छ भन्ने कुराहरु राख्नु भएको थियो। त्यस्तैगरी उत्घातन कार्यक्रममा बिशिस्ट अथितिलगायत अरु अथितिहरु पनि मगर को हक हितको निम्ति हामी सबै एक दिक्का भएर जानू पर्छ भन्ने भनाइ हरु राख्नु भएको थियो ।
यसैगरि यो कार्यक्रम विशेष गरि प्रशिक्षण कार्यक्रम मुल उदेश्य भएकोले लगतै प्रशिक्षण कार्यक्रमलाई जोड दिएको थियो । प्रशिक्षण कार्यक्रममा प्रशिक्षक झाक्री मगरले मगरहरुको संस्कृती भनेको एउटा नैतिकविधि भित्र रहेर पुर्खाहरुले सिर्जना गरेको नैतिकतालाई जगेर्ना गरेर जानू पर्छ समाजिक आर्थिक र सास्कृती हिसाबले अगाडी जानू पर्छ र जन्मदेखि मृतु पर्यान्तमा गरिने विधि बारे प्रशिक्षण दिनु भएको थियो ।
सो प्रशिक्षण कार्यक्रममा ६० जना प्रशिक्षार्थीहरुको सहभागिता थियो भने भाषा,पोशाक र संस्कृती सम्बन्धि प्रशिक्षण राप्ति गाउँपलिकाको भेगमा पहिलो हो भनी सहभागिताहरुको भनाई रहेको थियो । साथै यस्तो योजना दिने र पार्नुहुने सबै जनालाई सामुहिक धन्यवाद पनि दिएका छन् । यसरी प्रशिक्षणको अध्यक्षता १ नम्बर वडा मगर संघ अध्यक्ष गणेश पुन मगरले गर्नु भएको थियो भने उक्त प्रशिक्षण कार्यक्रम संचालन सचिब हिरा बहादुर झाक्री मगरले गर्नु भएको थियो ।

