
Ssbus
Pbu
ssbus
Gsl
Ssbus
Sssbus1
Sssbus1
tssbus
nsm
Ssbus

Rgu
Sbs
Bbu
Rgs
Vor
Rgu
Asm
Gst
Sls
nsb
Bbbpu
Hal
Ssm
Wsp
Tsm
Rsb
Ggd
Pvg
Ksm

Jmb
Ptm
Bml
Rmb
Gsb
bbt
Jmb
Mks
Syp
Rpp
Pls
Abd
sab
पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयर र उपमेयरको लागि सिफारिस गर्ने उम्मेदवार छान्न नेकपा एमालेले आज मतदान गर्दै छ ।
एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नसकेपछि मतदान गर्न लागेको हो ।
अब मेयरको आकांक्षा राखेका १२ जनामध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम सिफारिस हुनेछ । पोखरा महानगर कमिटीले शुक्रबार दिउँसो १२ बजे मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । नगर कमिटीले मंगलबार डाकेको बैठकमा ३ हजार रुपैयाँ शुल्क तिरेर १२ जनाले महानगरको मेयर पदमा आकांक्षा दर्ता गरेका थिए ।
मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीका साथै प्रा.डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य,भीम कार्की,मीनाकुमारी गुरुङ,सावित्री भण्डारी,बालसिंह काउछा मगर,दीपक पौडेल, पुष्पराज अधिकारी,पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् । प्रदेशसभा सदस्य कृष्ण थापा पोखराका पूर्वमेयर हुन् भने लामा पोखरा १३ का वडाध्यक्ष हुन् । मेयरको उम्मेदवार हुन आवेदन दिएकामध्ये मीना गुरुङ,पुष्पज्योति ढुंगाना,भीम कार्की,प्रदेश सांसद राजीव पहारी एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पक्षका नेताहरु हुन् । मीना गुरुङ,पृथ्वीसुब्बाकी सम्धिनीसमेत हुन् । यो समूहलाई सचिव पद्मा अर्यालको समेत साथ छ ।
यसैगरी प्रदेशसभा सदस्य कृष्ण थापा,दर्शन लामा, रश्मी आचार्य,दीपक पौडेल,सावित्री भण्डारी भने स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन् । सावित्री जिल्ला समन्वय समिति उपाध्यक्ष पनि हुन् । त्यस्तै,उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले उपमेयर पदमा आकांक्षा राख्दै निवेदन दिएका छन् । कास्कीमा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीच प्रतिष्ठाको लडाइँ छ । गुरुङ र अधिकारी पक्षले जिल्ला अधिवेशनमा छुट्टा छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । जिल्ला अध्यक्षमा पृथ्वीसुब्बा पक्षका मनबहादुर गुरुङ विजयी भएका थिए ।
यस्तै देशका ६ वटा महानगरपालिकामध्ये पोखरामा एमालेको अवस्था राम्रो मानिन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्दा पनि एमालेले जिते हात पारेको थियो ।
