
Ksb
Ssb
Csb
Fmb
Rsb
jsb
Ksb
Nsb
Tgp
Ksb
Rks
Ppu
Gsb
Ssb
Usb
Bsn

Tsb
Gsb
Hl1
Ssb
Usb

Rgu
Nps
ptl
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा रहेकाे लिटिल एन्जल स्कुलले ४० जना विद्यार्थीहरुलाई नि:शुल्क पढाउने भएको छ ।
स्कुलले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सो विषयमा जानकारी गराएको हो । लिटिल एन्जल स्कुल प्रालि हात्तीवन ललितपुरको सहकार्यमा आगामी शैक्षिकसत्र २०७९ साल देखि निजी स्कुलमा पढ्न मन हुँदा हुँदै पनि पढ्न नसकेका विद्यार्थीहरुलाई छात्रवृत्ति कार्यक्रम मार्फत पढाउन लागिएको विद्यालयका प्रबन्ध निर्देशक शोभाखर भुसालले जानकारी दिएका छन् ।
सामाजिक उत्तरदायित्व वहन गर्ने जिम्मेवारी बोध गर्दै दाङ,प्युठान र अर्घाखांची कार्यक्षेत्र रहेको यस विद्यालयले आगामी शैक्षिक सत्र २०७९ को लागि विभिन्न विधाहरुमा कक्षा १ देखि ७ सम्म अध्ययन गर्न चाहाने जेहेन्दार विद्यार्थीहरुका लागि खुल्ला तथा आरक्षण सिटमा छात्रवृत्तीको व्यवस्था गरेको हो । जसमा खुल्ला तर्फ २८ जना र आरक्षण कोटा तर्फ १२ जना गरि ४० जना विद्यार्थीहरुलाई नि:शुल्क पढाउन लागेको प्रबन्ध निर्देशक भुसालले बताए ।
त्यस्तै आरक्षण सिट अन्तरगत दलित २ जना, मुस्लिम १ जना,जनजाती २ जना,लोपोन्मुख १ जना,पिछडिएको क्षेत्र १ जना,द्वन्द्वपिडित १ जना, असहाय २ जना,अपाङ्ग १ जना र अल्पसङ्ख्यक १ जना रहेका छन् । पहिलाे सिकाई भएकाले यस बर्ष थाेरै काेटा भए पनि आगामी दिनमा उक्त संख्या बढाएर लैजाने साेच रहेको प्रबन्ध निर्देशक भुसालले जानकारी दिए । यसैबीच विद्यालयले दिने सेवा सुविधा र गुणस्तरीय शिक्षा प्रदानका विषयमा प्रबन्धक निर्देशक भुसालले जानकारी गराएका थिए ।
लिटिल एन्जल स्कुल राप्तीले लुम्बिनी प्रदेशको राजधानी भालुबाङ क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले बालबालिकाको चौतर्फी विकास तथा अर्न्तनिहित प्रतिभा प्रस्फुटनको निमित्त बाल मनोविज्ञानमा आधारीत विद्यार्थी केन्द्रित शैक्षिक क्रियाकलापमा केन्द्रित हुँदै शिक्षाको महत्व र यसको संवेदनशिलतालाई आत्मसाय गर्दै यसै शैक्षिक सत्र २०७८ साल देखि नयाँ व्यवस्थापनका साथ अगाडि बढ्ने क्रममा सुविधा सम्पन्न कक्षा कोठाको व्यवस्था, मन्टेश्वरी तथा थेमेटिक कक्षाको सुरुवात,स्वच्छ पिउने पानी,शौचालय,सिसि टिभी क्यामरा जडान, अडियो भिजुअल कक्षाका साथसाथै अतिरिक्त क्रियाकलाप,नृत्य, सङ्गित,खेलकुद,शैक्षिक भ्रमण, सामाजिक-सास्कृतिक अध्ययन भ्रमण,बोटानिकल टुर,वातावरणीय अध्ययन,व्यवहारिक शिक्षा जस्ता विभिन्न कक्षाको सुरुवात गरी अध्यापन कार्यहरु गर्दै आएकाे तथा आगामी दिनहरुमा अझै रचनात्मक र सिर्जनात्मक कार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ । साथै विद्यार्थीको प्रतिभा पहिचान गरी हौसला प्रदान गर्दै उच्च मनोवलका साथ प्रतिभाको विकास, विस्तार र प्रचार-प्रसार गर्नको लागी विद्यालय सधै अग्रसर रहने, यस क्षेत्रका विद्यार्थीहरुलाई दस जोड २ विज्ञान विषय पढ्न बुटवल, काठमाडौ जानुपर्ने वाध्यतालाई मध्यनजर गर्दै आगामी शैक्षिक सत्र देखी यसै विद्यालयमा गुणस्तरीय दस जोड २ विज्ञान विषय संञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक विपी खनालले जानकारी दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम थापाकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशकी उपाध्यक्ष चुमा आचार्य,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश पार्षद महेश रिजाल,नेपाल पत्रकार महासंघ दाङका सहसचिब दशरथ घिमिरे,रेडियो राप्ती तथा राप्ती टेलिभिजनका सहायक स्टेशन म्यानेजर सन्तोस कुमार गुप्ता,देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता,राप्ती प्रेस मञ्चका प्रथम उपाध्यक्ष बासुदेब न्यौपाने,रेडियो राप्ती तथा राप्ती टेलिभिजनकी प्रमुख समाचार बाचिका अंशु बोहरा, सिधापत्र डटकमका सञ्चालक तथा सम्पादक मेगमन बुढा,राप्ती पोष्ट दैनिकका श्रवण बस्नेत, दंगाली अनलाइनका संचालक भुवन पौडेल, राप्ती अनलाइनका संचालक भिसुन शाही,साइबर जोन नेपालका संचालक अखिल खनाल,रेडियो राप्ती तथा राप्ती टेलिभिजनका लेखा तथा प्राबिधिक प्रमुख अरुण पौडेल,पत्रकार लोकमणी भुसाल,बिरेन्द्र गिरी लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्कुलका प्रधानाध्यापक विपी खनालले गरेका थिए ।





