
Ssbus
tssbus
Sssbus1
Ssbus
nsm
ssbus
Sssbus1
Ssbus
Gsl
Pbu

Vor
Sls
Rgs
Wsp
Hal
nsb
Asm
Bbbpu
Bbu
Rgu
Ssm
Rsb
Pvg
Gst
Ksm
Rgu
Ggd
Tsm
Sbs

Pls
Jmb
Ptm
sab
bbt
Syp
Rpp
Rmb
Bml
Jmb
Gsb
Mks
Abd
दाङ । नेपाली काँग्रेसबाट लमही नगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष हाक्ने दाउँमा रहेका यिनै तिनजना हुन ।
प्रेमलाल चौधरी, कुल बहादुर बुढा मगर र केदार चौधरीको नाम सिफारिसमा परेको हो ।
वडाध्यक्षको टिकेट यिनै नामहरु मध्य एकले पाउने निश्चित नै छ । नेपाली काँग्रेस ७ नम्बर वडा समितीले उनै तिनजनाको नाम टिकेटका निम्ती सिफारिस गरेपछि वडाध्यक्ष आकाँक्षीको नाम टुँगो लागेको हो । यद्यपी, वडाध्यक्ष टिकेटको टुँगो भने अझै लागेको छैन ।
वडाध्यक्षका लागि ३ जना प्रबल ब्यक्तीहरुको नाम सिफारिस भएपछी अनेक थरिका चर्चा परिचर्चा हरु हुन थालेका छन । आखिर कसले पाउला त टिकेट? नेपाली काँग्रेस भित्र कौतुहलता छाएको छ ।
यो भन्दा अघि वडाध्यक्षको लागी आधा दर्जन बढी आकाँक्षी रहेको चर्चा चलेपनि वडा समितीले ठूलो कसरत पश्चात् ३ जनाको मात्र नाम सिफारिस गरेको हो । सिफारिसमा अटाउन सकेका तिनैजना ब्यक्ति प्रबल आकाँक्षी मध्यका हुन ।
सबैजना वडाबासीको उत्तिकै प्रिय मानिन्छन । आफ्नो जीवन राजनितीमै लगाब दिएका यी तीन ब्यक्ती आफैमा सक्षम र प्रबल छन । जनताको सेवा गर्ने उद्देश्यले राजनितीमा होमिएका तिनैजनाको पार्टीका निम्ति उल्लेख्य योगदान रहेको बुझिन्छ । जसमध्य २ जना आकाँक्षी त हालको वडा सदस्य समेत हुन । प्रत्यक्ष जनता सँग काम गर्न पाएका कुल बहादुर बुढा मगर र केदार चौधरी वडाबासीमा भरपुर परिचित छन । भने प्रेमलाल चौधरी जनप्रतिनिधी बेगर पनि जनताको सेवामा तल्लिन रहने प्रखर ब्यक्तित्व मानिन्छन ।
को हुन प्रेमलाल?
बनघुस्री स्थाई घर भएका प्रेमलाल चौधरी नेपाली काँग्रेसको राजनितीमा सक्रिय बक्ताको रुपमा परिचित छन । सबैसँग मिलनसार र सालिन स्वभाबका उनी हरेक ब्यक्तीको रुचिमा पर्छन । राजनितीमा आएदेखी हरेक समय जनताको सेवामा तत्पर रहेका प्रेमलालले पहिलो चोटी २०५३ सालको स्थानिय चुनाबमा काँग्रेसको झण्डा फहराए । सोही समयदेखी काँग्रेसी कार्यकर्ताको रुपमा परिचित उनी लगत्तै साबिक सतबरिया गाबिस तरुण दल ईकाइ उप सभापतीको जिम्बेवारीमा पुगे ।
युवाहरुको सफल नेतृत्व गरेकै कारण पार्टीभित्र उनको नाम झन चर्चाको शिखरमा पुग्यो । सबै पिढिका निम्ति प्रिय मानिने चौधरीले काँग्रेसको ११ औँ महाधिबेसनमा क्रियासिल सदस्यता प्राप्त गरे । प्रत्यक्ष जनप्रतिनिधी बनेर अनुभव नबटुले पनि उनि विभिन्न किसिमका निर्बाचनमा सामेल हुँदै नेतृत्वमा पुगेका छन । जसले गर्दापनि उनीमा काम गर्ने भिजन प्रसस्त रहेको बुझिन्छ ।
स्थानिय कर्रि सामुदायिक बनको करिब ८ बर्ष सचिब पद सम्हालेको अनुभव छ उनिमा । उनी २०५२ सालदेखी ६० साल सम्म बनको सचिब पदमा रिक्त थिए । अर्जुन आधारभुत बिद्यालय हसनापुरको लगातार ३ कार्यकाल सम्म नेतृत्व हाक्न पाएका चौधरी वडाबासी सँग प्रत्यक्ष रुपमा परिचित छन । हालपनि उनी बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष हुन । २०७३ सालमा विभिन्न राजनितिक टकराबका बिचपनि बिब्यस को अध्यक्षमा बिजयी हाँसिल गरेका चौधरीले आफुलाई प्रखर बक्ताको रुपमा परिचित गराएका छन ।
प्रेमलाल जस्तै अर्का आकाँक्षी मध्यबाट वडाध्यक्षको सिफारिसमा परेका कुल बहादुर बुढा मगर पनि कम त छैनन् । सानै उमेरमा राजनितीमा सक्रिय कुलबहादुर युवा पिढिका लागि अत्यधिक रोजाईमा पर्छन ।
को हुन कुल बहादुर?
सानै उमेरदेखी काँग्रेसको राजनितीमा सक्रिय बनेका कुलबहादुर पनि सबैको उत्तिकै रोजाईमा पर्छन । कमानपुर स्थाई घर भएका उनी अहिले आफ्नै वडा हाँक्ने दाउँमा छन ।
जनतासँग प्रत्यक्ष काम गरेर अनुभव बटुलेका उनी हाल लमही ७ नम्बर वडाको वडा सदस्य समेत हुन । विद्यार्थी जीवन देखि नै काँग्रेसको सक्रिय राजनितीमा रहेका कुलबहादुर २०६५ सालदेखी राजनितीमा होमिएका हुन । यो भन्दा अघिपनि वडा नागरिक मञ्चबाट जनताको सेवा गरेको उनिमा अनुभव छ । जसले गर्दापनि उनी पार्टीपँक्तीमा चर्चामा पुगे ।
जनताको सेवामा निखारिएका उनलाई पार्टीले बिश्वास गर्दै २०७४ सालको स्थानिय चुनाबमा वडा सदस्यको उम्मेद्वार बनायो । सबैभन्दा कान्छा उम्मेद्वार भएर पनि उनी अत्यधिक मतले बिजयी बने र जनताको सेवामा खटिए । जनप्रतिनिधी बनेर ५ बर्ष बिताएका उनी वडाबासीको प्रिय मानिन्छन । अहिले सम्म बिबादमा नपरेकै कारण उनले आफुलाई स्वच्छ छविको रुपमा परिचित गराएका छन । १२ औँ महाधिबेसनमा काँग्रेसको क्रियासिल सदस्यता प्राप्त गरेका उनी १४ औँ महाधिबेसनमा क्षेत्रिय प्रतिनिधीको जिम्बेवारीमा पुगे । लगत्तै नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ को सहसचिबमा उम्मेदवारको अबसर पाए । स्वच्छ छवि र युवा भएकै कारण उनी प्यानलमा दोस्रो ठूलो मत सहित अत्यधिक मतले बिजयी बने ।
यसर्थपनि कुलबहादुर सबैको रोजाईमा पर्छन ।
उनी जस्तै केदार चौधरी पनि कुनै कुरामा कम भने छैनन् ।
को हुन केदार?
वडाध्यक्ष आकाँक्षी मध्यबाट जनताले प्रत्यक्ष रुपमा चिनेको र सहकार्य गरेको नाम हो केदार चौधरी । २०७४ सालको निर्बाचनमा अत्यधिक मतले बिजयी हाँसिल गरेका चौधरीले कार्यबहाकको जिम्मा पाए । यसर्थ पनि उनले जनताको बिचमा आफुलाई परिचित गराएका छन । २ आकाँक्षी जस्तै उनिपनि सबैको रोजाईमा पर्छन । अफिसियली जनताको सेवा गर्न पाएका चौधरीलाई जनताले चाहेको भन्ने परिचर्चा पनि हुन थालेको छ । उनी हाल नेपाली काँग्रेसको क्षेत्रिय प्रतिनिधि पनि हुन ।
जनप्रतिनिधी मात्र नभएर उनी बिगत लामो समयदेखी जनताको सेवा तल्लिन छन ।
