
ssbus
Pbu
Gsl
Ssbus
Ssbus
Sssbus1
Sssbus1
nsm
tssbus
Ssbus

Ssm
Rgu
Tsm
nsb
Pvg
Asm
Gst
Ksm
Sls
Bbbpu
Vor
Rsb
Wsp
Ggd
Bbu
Sbs
Hal
Rgs
Rgu

Rmb
Pls
Syp
Bml
Jmb
Jmb
Ptm
sab
Rpp
Gsb
bbt
Abd
Mks
दाङ । लामो समयदेखि निर्माणकार्य रोकिएको लुम्बिनी प्रदेश,दाङ देउखुरीको हसनापुर- बेला सडक खण्डमा पर्ने राप्ती नदिको निर्माणाधीन पुलको कार्य सरोकारवालाबिच ३ बुदे सहमती कायम भइ थप कार्य सुचारु हुने भएको छ ।
राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, राजपुर -२ का वडा अध्यक्ष दुर्गाप्रसाद शर्मा, पत्रकार टोपेन्द्र खनाल, ने. का. क्षत्रीय सदस्य ओमप्रकाश यादव, नेकपा एमाले राजपुरका अध्यक्ष हेमकुमार जिसीको रोहवरमा योजना प्रमुख से.न.३ नेपालगन्जका लिला बहादुर भण्डारी , इ. पुल योजना से. न. २ काठमाडौंका खुमबहादुर भण्डारी , इ. पुल योजना से. न. ३ का नारायण पन्थी / कुशल भुसाल र राजपुर -२ गहिराका स्थानीयवासी स्थलगतरुपमा उपस्थित भइ सम्झौता भएको हो ।
सहमति कायम भएअनुसार
१- नदि नियन्त्रण , २- पहुच र ३- पुलको बाँकी निर्माण कार्य सुचारु गर्ने भन्ने रहेको छ । पुलको बायाँ साइड( पुर्वतर्फ) सयौं बिगाहा खेतीयोग्य जग्गा रहेतापनी नदी नियन्त्रण कार्य नभएकै कारण स्थानियवासी किसानहरु मर्कामा परिरहेको अवस्था छ भने उक्त क्षेत्रमा नदि नियन्त्रण नगरी पुलको आसपासमा पहुच सडक समेत जोखिम अवस्थामा हुने भएको भएपनि पुलको हालको ठेक्कामा रहेको नदी नियन्त्रण कार्यको परीक्षण सो नदी नियन्त्रण गर्नसक्ने गरि प्रयाप्त नभएको तर स्थानियवासी ले नदी नियन्त्रण गर्नुपर्ने माग गरेकोमा स्थानीयवासीको माग जायज भएकोले पुलको बायाँतर्फ( पुर्व)किनारामा सत्र सय मिटर र दायाँ तर्फ( पश्चिम) किनारामा एकसय मिटर नदी नियन्त्रण कार्य गर्ने कार्यालय श्री पुल योजना , से. न . ३ नेपालगन्ज वाकेले श्री सडक विभागलाई अनुरोध गर्ने र सोही अनुसार फाईल अघि बढाउने,पुलको बायाँतर्फको पहुँच सडक कार्यालयले निर्दिष्ट गरेको लाइनमा अघि बढाउनुका साथै पुलको बाँकी निर्माण कार्यमा स्थानियबाट प्रयाप्त साथ तथा समन्वय प्राप्त हुनेगरी पुलको हालको सम्झौता अनुसारको बाकी कार्य निर्वाधरुपमा अघि बढाउने सहमती कायम भएको छ ।
