
ssbus
Sssbus1
Ssbus
Gsl
Ssbus
Pbu
Sssbus1
nsm
tssbus
Ssbus

Rsb
Hal
Bbbpu
Vor
Gst
Ksm
Rgu
Tsm
Bbu
nsb
Ssm
Sls
Rgu
Pvg
Sbs
Ggd
Rgs
Wsp
Asm

Jmb
Jmb
Bml
Rmb
Ptm
Mks
sab
Abd
Syp
bbt
Gsb
Rpp
Pls
दाङ । लमहीमा विभिन्न पार्टी परित्याग गरि ३६ जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।
लमही नगरपालिका वडा नम्बर ६ का स्थानियहरु अन्य पार्टीको सिद्धान्त मन नपरेको भन्दै काँग्रेसमा प्रबेश भएका हुन् । देशैभर चलिरहेको “घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियान कार्यक्रमको अबसर पारेर उनिहरु काँग्रेसमा प्रबेश भएका हुन् ।
सोही अबसरमा वडा नम्बर ६ मा टोल समिती पनि गठन गरिएको छ । यो सँगै वडा ६ मा ८ वटा १५/१५ सदस्यिय सहितको टोल समितीहरु गठन भईसकेका छन् ।
कार्यक्रममा काँग्रेस नेता तथा जिल्ला प्रतिनिधी पुर्ण बहादुर बस्नेतले कम्युनिस्टको झुठमा नफस्न सबैलाई आग्रह गरे । कम्युनिस्टले जनता माझ जाने मुद्दा सकिएपछी एमसिसि लाई गलत प्रचार गर्दै आफ्नो अस्तित्व उदाँगो पारेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बस्नेतले एमसिसिको बारेमा प्रस्ट पार्दै नेता तथा कार्यकर्तालाई काँग्रेसलाई जिताउन लागीपर्नु पर्ने बताए ।
वडा सभापती ज्ञान प्रसाद चौधरीको सभापतित्व तथा जिल्ला प्रतिनिधी पुर्ण बहादुर बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला सदस्य शेषमणी गौतम, क्षेत्रिय सचिब खेम सेञ्चुरी, नगर सचिब कैलास चौधरी, पुर्ब महासमिती सदस्य रेशम बहादुर खड्का, पुर्ब नगरप्रमुख शिव प्रसाद चौधरी, क्षेत्रिय प्रतिनिधी तथा वडाध्यक्ष गणेशमान चौधरी, क्षेत्रिय प्रतिनिधि शारदा खड्का लगायतका बक्ताले नबप्रबेशी र टोल समितीका पदाधिकारीलाई स्वागत गर्दै शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण वडा सचिब पवन खड्काले गरेका थिए ।


