
Sssbus1
nsm
Ssbus
tssbus
Ssbus
Gsl
Sssbus1
ssbus
Pbu
Ssbus

Asm
Rgs
Rgu
Bbu
Pvg
Ssm
Ggd
Wsp
Tsm
Rgu
Gst
Rsb
nsb
Vor
Hal
Bbbpu
Sbs
Ksm
Sls

Syp
Pls
Rpp
Ptm
Gsb
Jmb
Rmb
bbt
sab
Jmb
Mks
Bml
Abd
दाङ । बङगलाचुली गाउँपालिकामा रहेको चुनढुंगा खानी पुग्ने बाटोका कारण स्थानीय जनताले सास्ती ब्यहोर्नु परेको भन्दै स्थानीयका माग पुरा गर्न राष्ट्रिय जनमोर्चाले आग्रह गरेको छ ।
राजमो बङगलाचुली गाउँसमितिले एक विज्ञप्ति प्रकाशित गरी सो बाटोका कारण जनताले सास्ती पाएपछि सर्वदलीय/सर्वपक्षीय बैठक बसेर बन्द गर्ने निर्णय गरिएकोमा अहिले कुनै पनि माग पुरा नगरी खोलिएको बताएको छ । राजमोले अत्यधिक टिपरका कारण पक्की बाटोसमेत एक महिनामै बिग्रिएको उल्लेख गर्दै यति लामो समय बन्द हुँदा पनि बाटो किन बनेन भन्ने विषयमा खबरदारी गर्न सबैसँग आग्रह गरेको छ ।
विज्ञप्ति
यस बङगलाचुली गाउँपालिका क्षेत्र भित्र भएको चुनढुङ्गा उत्खनन, बाटो निर्माण, खानी र उधोगमा काम गर्ने मजदुरको अधिकार लागायतका विषयमा हामीले बारम्बार कुराहरु उठाउने गरेका छौँ ।
जिल्ला प्रशासन,सडक विभाग,गाउँपालिका र उधोगमा पनि बारम्बार ध्यानाकर्षण गराउने कामहरु गरिरहेका छौँ । सुरुमा हामीले चुनढुङ्गा उत्खनन गर्दा मानव बस्ती र यहाँका नागरिकको जीवन रक्षालाई ध्यान दिनु पर्ने कुरा गर्यौं । त्यो कुरामा अरु कसैले चासो राखेनन् । जब उत्खननले स्थानीय र सडक आसपासका नागरिक प्रभावित भए हामीले सडकको समेत कुरा गर्यौं । उत्खनन सुरु भएपछि यहाँ टिपर व्यवसायीको पनि चासो बढ्यो । उनीहरुका विरुद्ध पनि हामी लाग्नु पर्ने भयो । तर उनीहरु पनि उधोग र खानी भएको कारण कर्जा गरि गरि लगानी गरेका हुन् । त्यो कुरा पनि हामीले बुझेका छौँ । तर पनि बिनाकारण यहाँका स्थानीय नागरिकले सास्ती झेल्नु परिराखेको छ । हाम्रो मुख्य सरोकारको विषय यही हो ।
त्यस्तै राज्यको करोडौं लगानी गरेर घोराहीदेखि सिमेन्ट खानी सम्मको बाटो पक्की भयो । त्यो एक महिना पनि टिक्न सकेन । बाटो पक्की हुन सुरु मात्र भएको थियोे त्यही बेला पक्कीको स्वरुप देख्दा बित्तिकै हाम्रो पार्टीले जिल्ला अध्यक्ष गणेश आचार्य समेतको उपस्थितिमा स्थानीयरुपमा गाउँपालिका र जिल्ला प्रसासन र सडक विभागलाइ समेत ध्यानाकर्षण गराउने काम गरेका थियोे । तर त्यसमा कसैको चासो भएन । चासो नभएको कारण सडक कमजोर भयो । कमजोर हुनुको प्रतिफल सडक एक महिना पनि टिकेन । नागरिकको करबाट जम्मा भएको राज्यको पैसा दुरुपयोग भयो ।
पछिल्लो समयमा नागरिकस्तरबाट पनि व्यापक विरोध भएपछि सडक पक्की गरेर मात्र टिपर चलाउने सहमति भएको थियोे । बन्द गर्ने बेला सरोकारवाला र स्थानीय राजनीतिक दलहरुको समेत सहभागितामा सर्वदलीय सर्वपक्षीय बैठक बसेर रोकिएको थियोे । तर अहिले कसैलाई खबर नगरेर कुनै उपलब्धि बेगर खुलाउने काम भएको छ । लामो समय बाटो बन्द हुँदा टिपर चालकहरु किस्ता तिर्न सकेका छैनन् । खानिमा काम गर्ने मजदुर भोक भोकै बस्नु पर्ने अबस्था भयो । तर अहिले बन्द गर्ने बेला राखेका कुनै माग र पहिले भएका कुनै सम्झौता पूरा नगरी बाटो खुलाउने कुरा कुनै पनि हिसाबले सहि हुन सक्दैन । हामी उक्त कदमको बिरोध र निन्दा गर्न चाहान्छौ । यति लामो समय बन्द हुँदा पनि बाटो किन बनेन भन्ने विषयमा खबरदारी गर्न सम्पूर्ण स्थानीय नागरिक, मजदुर, टिपर व्यावसायी र सरोकारवाला सबैसित अनुरोध गर्न चाहान्छौ ।
अध्यक्ष: सुमन घर्ती
राष्ट्रिय जनमोर्चा,बङगलाचुली गाउँपालिका समिति
