
Sssbus1
tssbus
nsm
Pbu
Ssbus
Gsl
Sssbus1
ssbus
Ssbus
Ssbus

Sbs
Sls
Ggd
Wsp
Tsm
Ssm
Asm
nsb
Pvg
Gst
Bbbpu
Ksm
Rgs
Rsb
Rgu
Rgu
Bbu
Hal
Vor

bbt
Rpp
Rmb
Ptm
Syp
Gsb
sab
Pls
Bml
Mks
Jmb
Jmb
Abd
कपिलबस्तु । गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट अनुमोदन भएको मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण नेपालमा अमेरिकी सेना नआउने दाबी गर्नु भएको छ ।
कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको १२ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीलाई सम्बोधन गर्दै उहाले एमसीसीका कारण नेपाली भूमिमा अमेरिकी सेना आउन नसक्ने बताउनु भयो ।
नेपालकै विकासको लागि एमसीसी अनुमोदन भएको प्रष्ट पार्दै गृहमन्त्री खाँणले भन्नुभयो ‘एमसीसी आयोजनाबाट यहाँ विजुली विस्तार हुने हो । ट्रान्समिसन लाइन विस्तार हुने हो । भारत लगायतका देशलाई विजुली बेचेर बल्ल मुलुकको आर्थिक विकास हुन्छ ।’अधिकांस समय एमसीसी अनुमोदनको प्रष्टिकरणमै खर्चनु भएका गृहमन्त्री खाँणले एमसीसीपछि उर्जा उत्पादन भइ नेपालको विकास हुने बताउनु भयो ।
त्यस्तै उर्जा र पर्यटनको विकास विना नेपाल कहिल्यै विकास हुन नसक्ने बताउँदै उहाँले एमसीसी राष्ट्रबादको लागि भएको दावी गर्नुभयो । उहाले ढुक्क हुनुहोस् एमसीसीले विकास गर्छ । सेना ल्याउँदैन ।‘ भन्नुभयो। गृहमन्त्री खाँणले अब सरकारले विजुलीको मुल्य घटाउन लागेको बताउनु भयो । महोत्सव बुद्ध रंगशालामा चैत्र १३ गतेसम्म लाग्ने छ ।
