Sidha Patra मंगलबार, चैत्र ०१, २०७८

अर्घाखाँची । अर्घाखाँचीमा सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले तीनै तहको निर्वाचनमा तालमेलको घोषणा गरेका छन्।

सोमबार सन्धीखर्कमा पत्रकार सम्मेलन गरी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय संगै संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले आगामी तीनै तहका निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको जानकारी दिए। नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता र तानशाहीको बिरुद्धमा चुनावी तालमेल गर्ने सहमति भएको बताइन् । राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसीले मुलुक र देशप्रति आफूहरू प्रतिबद्ध रहेको र जनतामाथि हुने जुनसुकै किसिमका कुठराघातविरुद्ध आसन्न निर्वाचनमा मिलेर जाने निर्णय भएको बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहानले निर्वाचनसम्म गठबन्धन क्रियाशील रहने र जिल्लामा एमालेशून्य बनाउने दाबी गरे । जनता समाजवादी पार्टीका अध्यक्ष जिन्दग खड्काले सहमति कार्यान्वनयमा आफूहरू प्रतिबद्ध रहेको बताए ।कामनाडेली

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]