
ssbus
Pbu
Ssbus
nsm
tssbus
Sssbus1
Ssbus
Gsl
Sssbus1
Ssbus

nsb
Vor
Sbs
Ssm
Rsb
Tsm
Ksm
Bbu
Wsp
Gst
Hal
Bbbpu
Rgu
Rgs
Sls
Ggd
Rgu
Asm
Pvg

Rmb
Syp
bbt
Abd
Ptm
Jmb
Rpp
Jmb
Gsb
sab
Mks
Pls
Bml
अर्घाखाँची । अर्घाखाँचीमा सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले तीनै तहको निर्वाचनमा तालमेलको घोषणा गरेका छन्।
सोमबार सन्धीखर्कमा पत्रकार सम्मेलन गरी गठबन्धनमा आबद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय संगै संघ र प्रदेशको चुनावमा तालमेल गरेर जाने घोषणा गरेका हुन् ।
नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले आगामी तीनै तहका निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको जानकारी दिए। नेकपा माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता र तानशाहीको बिरुद्धमा चुनावी तालमेल गर्ने सहमति भएको बताइन् । राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसीले मुलुक र देशप्रति आफूहरू प्रतिबद्ध रहेको र जनतामाथि हुने जुनसुकै किसिमका कुठराघातविरुद्ध आसन्न निर्वाचनमा मिलेर जाने निर्णय भएको बताए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर चौहानले निर्वाचनसम्म गठबन्धन क्रियाशील रहने र जिल्लामा एमालेशून्य बनाउने दाबी गरे । जनता समाजवादी पार्टीका अध्यक्ष जिन्दग खड्काले सहमति कार्यान्वनयमा आफूहरू प्रतिबद्ध रहेको बताए ।कामनाडेली
