
Gsl
nsm
Ssbus
tssbus
Sssbus1
ssbus
Pbu
Ssbus
Sssbus1
Ssbus

Rsb
Asm
Rgu
Ggd
Bbbpu
Sls
Rgs
Sbs
Gst
Ssm
Rgu
Tsm
Bbu
Ksm
Wsp
Vor
nsb
Hal
Pvg

Bml
Jmb
Syp
Rpp
Ptm
bbt
Abd
Jmb
Pls
Rmb
Mks
Gsb
sab
दाङ । राष्ट्रिय जनमोर्चा दाङको भेला सम्पन्न भएको छ । स्थानीय तह निर्वाचनको तयारी, संगठन निर्माण र परिचालनको योजना तर्जुमा गर्नको लागि भेला भएको हो ।
भेलाको उद्घाटन पार्टीका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले गर्नु भएको थियो । भेलामा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले समसामयिक विषय, कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट आन्दोलन र पुँजीवादी चुनाव बिचको अन्तरसम्बन्धका साथै सैद्धान्तिक र दार्शनिक विषयमा पनि प्रशिक्षण दिनु भएको थियो ।
जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेम आचार्य, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष चित्र एमसी, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला अध्यक्ष हरि थापा, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य केसवराज खनाल र जिल्ला अध्यक्ष चुनचुन केसीले अतिथी आसन ग्रहण गर्नुभएको थियो ।
यस्तै, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, जिल्ला अध्यक्ष रुमाल बस्याल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) का जिल्ला अध्यक्ष लक्ष्मण विक, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष रमेशमान गुरुङ, जातीय समता समाजका जिल्ला अध्यक्ष सूर्यलाल नेपाली, अखिल नेपाल राष्ट्रिय उधोग व्यापार संघका जिल्ला अध्यक्ष जगत पोख्रेल, तराई मधेश जनवादी मोर्चाका रामफकिरे रैदाश, सहिद परिवारबाट ङनुकान्त आचार्य, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य शुक्र भण्डारी, जिल्ला उपाध्यक्ष बलदेव विक, जेस्ठ सदस्य बुद्धिराम खड्का, अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष पूर्णिमा आचार्य लगायतको आतिथ्यता रहेको थियो । भेलामा अखिल नेपाल युवक संघका पूर्वअध्यक्ष कासिनाथ पोख्रेलले आगामी कार्यक्रम पेस गर्नु भएको थियो । जिल्ला उपाध्यक्ष महेश रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव वसन्त पौडेलले गर्नु भएको थियो ।
