Sidha Patra शनिबार, फाल्गुण २८, २०७८

काठमाडौं । तुलसीपुर ठेकेदार अनुप पाण्डे ठगी मुद्दामा पक्राउ परेका छन् । पाण्डेलाई शनिबार बिहान काठमाडौंमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको जानकारी दिए । पाण्डेका बिरुद्ध बिभिन्न ब्यक्तिले झन्डै ६ करोड ठगी गरेको भन्दै प्रहरी प्रशासनमा उजुरी दिएका छन् ।

पछिल्लो समय घोराही उपमहानगरपालिका वडा नं. १५ का गेहेन्द्र बस्नेतले १ करोड ४४ लाख ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । बस्नेत नेकपा एमाले दाङका जिल्ला कमिटी सदस्य र घोराहीका इञ्चार्ज हुन ।

पक्राउ परेका पाण्डेपनि तुलसीपुरका मेयर तथा नेकपा एमालेका नेता घनश्याम पाण्डेका छोरा हुन । पाण्डेले तुलसीपुर– घोराही चार लेन सडक बिस्तको काम गर्दा बिभिन्न ब्यक्तिलाई ठगी गरेको जाहेरी परेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]