
Pbu
Ssbus
Gsl
Sssbus1
ssbus
nsm
tssbus
Sssbus1
Ssbus
Ssbus

Rgu
Sbs
Pvg
Asm
Rsb
Bbu
Ggd
Sls
nsb
Hal
Ksm
Bbbpu
Vor
Wsp
Ssm
Rgs
Gst
Rgu
Tsm

Bml
Rpp
sab
Jmb
Ptm
Mks
Jmb
bbt
Gsb
Pls
Rmb
Abd
Syp
दाङ । सडक दुर्घटनामा निधन भएका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी नेपाली कांग्रेसका जिल्ला सदस्य नरेन्द्र जिसीको पार्थिक शरीरमा नेपाली कांग्रेसले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको छ ।
पार्टीले बुधबार राप्ती नदीघाटमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो। श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य लालमोहम्मद मियाँ, पुर्व महाधिवेशन प्रतिनिधि नुमानन्द सुवेदी, पुर्व क्षेत्रिय सभापति ताराबहादुर डिसी लगायत अगुवा नेता कार्यकर्ता र बजारबासीहरू स्वर्गीय जिसीप्रति श्रद्धाञ्जली अर्पण गर्न राप्ती नदीघाट पुगेका थिए।
त्यस्तै जिसीको आजै राप्ती नदीघाटमा परिवारले हिन्दु संस्कार अनुसार अन्टेष्टि गरेको छ । मंगलबार राती पाैने १० बजेको समयमा दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा भालुबाङबाट लमही आउँदै गरेको बा १० च २५८१ नम्बरको कार र लमही देखि भालुबाङ तर्फ जाँदै गरेको रा ६ प ६८४९ नम्बरको बुलेट मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङका जिसीको मृत्यु भएको थियो ।
